Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा रहेको रानी वनलाई डढेलो नियन्त्रण सामग्री

FB_IMG_1655384385821-1655384518.jpg

२ असार,हेटौडा । हेटौंडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको छ।सुख्खायाममा लाग्ने डढेलोलाई नियन्त्रणको  सहयोगार्थ  रानी सामुदायिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रण सामग्री प्रदान गरिएको हो।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरण, काठमाण्डौंले वन समूहलाई विभिन्न प्रकारका डढेलो नियन्त्रण सामाग्रीहरु प्रदान गरेको हो ।
समूहलाई  वन डढेलो नियन्त्रणका लागि वनमा जादा लगाउने पोशाक, कोदालो, बन्चरो, पानीका बोतल, जुता, मोजा, सावेल, हेलमेट, टचलाईट, औषधि, प्याक पम्प, फेस मास्क लगायतका करिव ३ लाखको सामाग्री प्रदान गरिएको हो।

 प्राधिकरणले रानी सामुदायिक वन लगायत गोरख बहादुर गण, सुपारेटार ब्यारेक, बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, तनहुँ र बृहत जलाधार व्यवस्थापन केन्द्र, कास्कीलाई पनि डढेलो नियन्त्रण सामग्री प्रदान गरेको प्राधिकरणका शाखा अधिकृत गंगा सुवेदी भट्टराईले बताए। 

समूहले प्राप्त भएका सामाग्रीहरुलार्ई कसरी प्रयोग गर्ने विषयमा विज्ञहरुलाई बोलाएर तालिम प्रदान गरिने वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । वर्षेनी लाग्ने डढेलोले वनको नोक्सान हुदै गएको छ । यस्ता सामाग्रीले वनमा लाग्ने डढेलो नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने वन समूहले जनाएको छ । २०५७ सालमा सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कारबाट सम्मानित यस समूहले जिल्ला स्तरीय प्रथम पुरस्कार, वन्यजन्तु संरक्षण पुरस्कार, वनडढेलो नियन्त्रण लगायतका थुप्रै पुरस्कारहरु प्राप्त गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार