३ असार, हेटौंडा । बागमती प्रदेशको राजधानीे हेटौंडाको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा उपचार गराउँन आउँने विरामीले सास्ती व्यहोर्न बाध्य भएका छन् । अस्पतालमा सहज र सुलभ स्वास्थ्य उपचारको अपेक्षा राखेर आउँने सयौं विरामी अस्पतालका डाक्टर, प्राविधिक र व्यवस्थापनका कारण सास्ती व्यहोर्न बाध्य भएका हुन ।
अस्पतालमा तोकिएको सुविधा सहजै पाउनुपर्ने भएपनि त्यसो हुन नसकेको अस्पतालमा उपचारका लागी आउने गरेका विरामी र उनका आफन्तहरुले गुनासो गरेका छन् ।
विशेष गरी टिकटको लाइन देखि सुरु भएको अस्पतालको बेथिति, ओपिडी, ल्याब र फार्मेर्सीसम्म सहजै देख्न पाइन्छ । टिकटका लागी लागी विहान ७ बजेबाटै कुपन लिएर घण्टौ कुरेर बसेका सर्वसाधरण टिकट काट्ने बेलामा बल्ल आफुले जचाउन खोजेको डाक्टर नभएको थाहा पाउँछन् ।ग्रमिण भेगबाट उपचारका लागी आउने विरामीहरु घण्टौ कुरेर जचाउन नपाउँने भएपछि त्यतिकै फर्कन बाध्य हुन्छन् ।
टिकट लिएका बिरामीहरुले पनि जचाउन सहजै पालो पाउँदैनन् । अस्पतालमा कोही कर्मचारी चिनेजानेको भए त सहजै पालो मिचेरै भएपनि पालो पाइन्छ अन्यथा घण्टौ लाइनमा डाक्टर कुरेर बस्नु पर्ने विरामीको वाध्यता हो । डाक्टर आउने र जाने समयको समेत ठेगान हुँदैन । तोकिएको समयमा थोरैमात्र डाक्टरहरु अेपिडिमा भेटिन्छन् । धेरै जसो डाक्टरहरु निजि अस्पताल र मेडिकलमा समय विताउँछन् ।
डाक्टरको परीक्षणपछि प्रयोगिशाला परीक्षणका लागी पैशा तिर्ने देखि रगत, दिसापिसाव जम्मा गर्न अर्को एकदुई घण्टा लाग्नु हेटौंडा अस्पतालमा सामान्य नै हो । अझ भिडियो एक्से गर्नुप¥यो भने अझ धेरै समय कुर्नुपर्छ । भिडियो एक्सरेको निश्चित कोटाले पनि समस्या पारेको विरामीहरुको गुनासो छ । दिनमा जम्मा ५० जनाको मात्रै भिडियो एक्सरे हुने गरेको र एउटा एक्सरेकै लागी विरामीले दुईतीन दिनसम्म अस्पताल धाउनुपर्ने वाध्यता छ ।
शुक्रबार बिहान ९ बजेको समयमा हेटौंडा अस्पतालको भिडियो एक्सेर कक्ष बाहिर कुरेर बसेकी हेटौंडा-८ की अम्बीका न्यौपाने र जुना फुयालले भिडियो एक्सेर मात्र होइन सम्रग अस्पतालमा विरामी जाच पुर्जी, औषधी र ल्यावमा देखिएको ढिला सुस्ती र अव्यवस्थित व्यवस्थापनले दिक्दार बनेको दुखेसो पेखिन। यस विषयलाई बुझन हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई फोन गर्दा फोन उठाएनन्।
प्रयोगशाला परीक्षण पछि रिपोर्ट लिन र डाक्टरलाई देखाउन अर्को दिन अस्पताल आउनु नपर्ने सायदै कोही विरामी होलान। एकपटकमा जचाउँने, रिपोर्ट लिने र डाक्टरलाई देखाएर औषधि लिने कुरा त अनौठो घटना जस्तै लाग्को हेटौंडा-१२ र भीमफेदीबाट आएकी गर्भवती महिलाले दुखेसो पोखिन।
शुक्रबार बिहान भिडियो एक्सेर कक्षा अगाडी डाक्टर कुरी रहेकी हेटौंडा-१२ घर बताउने चेत कुमारी वलीले आफु बिहीबारनै भिडियो एक्सेर गर्न आएको तर टिकट सकियो भनेर फिर्ता पठाएइको बताइन।
"यस अस्पतालमा त दैनिक ५० जनाको मात्र भिडियो एक्सेर हुदोरहेछ, हिजो २ बजेको समयमा आएको, टिकट सकियो भनेर फिर्ता पठाइदिए,शारीरिक अवस्था यस्तो छ,तै पनि आज सकि नकिए आउनु पर्यो,जिल्ला अस्पताल भनेर आएको सारै बेथिति देखियो"-वलीले गुनासो पोखिन।
अर्को तर्फ अस्पतालमा जाँच गर्न टिकट काट्ने, डाक्टरलाई जचाउँने, परिक्षणका लागी पालो पर्खने र औषधि लिने क्रममा केहि विरामीहरु त पालो पर्खदा पर्खदै अस्पतालको पेटि, बेन्च, कुर्सीहरुमै निदाईरहेका भेटिन्छन् ।
घण्टौसम्म कुरेर आएको पालो पछि पनि कुनै कुनै परिक्षण अस्पतालका ल्यावमा नहुनु, डाक्टरले लेखिदिएको औषधि नपाउँनुले त विरामीलाई झनै निरास बन्ने गरेका छन्।
यसबीचमा अस्पतालका कर्मचारी, डाक्टर र ल्यावमा प्राविधिकले गरेका व्यवहार, बोलि वचनले त विरामीलाई दोहो¥याएर अस्पताल नआउँ जस्तै बनाउछ तर सरकारले दिएको विमाको सुविधा,आफ्नो आर्थिक अवस्था र निजि अस्पताल र क्लिनिकहरुले लिने चर्को मूल्यका कारण वाध्य भएर हेटौंडा अस्पताल धाउन वाध्य छन् विरामी ।
शुक्रबार बिहान हेटौंडानगर सभापति उत्सव इटेनी आफै हेटौंडा अस्पतालको ढिला सुस्ती र भद्रगोलको सिकार बने,छिमेकी विरामी लिएर अस्पताल पुगेका इटेनी,शुक्रबार बिहानको हेटौंडा अस्पतालको दुर्दशा र व्यवस्थापन देखेर अचम्म परे,उनले जचाउने विरामीको टिकटको पालो बल्ल बल्ल ३ घण्टापछि मात्र आए भने १० बजे आउनु पर्ने डाक्टर ११ बज्दा नि आइपुगेनन्।आजभोली दैनिक जसो हेटौंडा अस्पतालको समस्या सामाजिक सञ्जालमा छरपस्ट हुने गरेको इटेनी बताउछन्।
यसै अस्पतालको ढिला सुस्ती र व्यवस्थापनलाई लिएर कांग्रेस हेटौंडा नगर सभापति उत्सव इटेनी सहित नगर समितिले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटालाई एक साता अघी मात्र ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए।
ध्यानाकर्षण पत्र लिदै मेसु सापकोटाले अस्पतालमा देखिएको समस्या समाधान गर्न लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए।तर हेटौंडानगर सभापति इटेनीले शुक्रबार बिहान ३ घण्टा अस्पताल बसेर अवस्था निलाल्दा एक साता अघी दिएको ध्यानाकर्षण पत्र र
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सापकोटाबाट आएको आश्वासनले हावा खाएको दावी गरे।
यता अस्पतालको अवस्था,ढिलासुस्तीलाई लिएर हिजोआज धेरै सर्वसाधरणलाई फितलो व्यवस्थापन,अस्पतालका कर्मचारीले आफुलाई नसुधार्ने हो भने विगतमा भन्दै धेरै विरामीको आकर्षण वढदै गएको हेटौंडा अस्पताल रिफर सेन्टरको रुपमा विकास हुने होकी भन्ने कुराको आशङ्का बढेको छ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















