७ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले उपमहानगरपालिकाको नीति तथा कार्यक्रम सम्बन्धि छलफल गर्न बोलाइएको आज विहानको बैठक बहिस्कार गरेका छन् ।
आज बिहान आगामी बर्षको लागी उपमहानगरपालिकाको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्न बोलाईएको बैठकमा नेकपा एमालेका तर्फबाट कार्यपालिका सदस्यहरुले मेयरको अधिकार कटौतीको प्रस्ताव गरेका थिए । तर त्यसमा सहमति नजुटेपछि उनीहरुले कार्यपालिका बैठक नै बहिस्कार गरेका हुन् ।
नीत तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको हो ।
हेटौंडाकी मेयर मिना लामा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन्, तर कार्यपालिकामा एमालेको बहुमत छ । एमालेले ल्याएको संशोधन प्रस्तावले मेयरको अधिकार कटौती गर्ने देखिन्छ ।
तर एमालेको संशोधनमा मेयर मिना लामासहित अरूले सहमति जनाएन । मेयरको अधिकार कटौती गर्ने प्रयासमा सहमति नजुटेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक नै बहिस्कार गरेका छन् ।
एमालेले बैठक बहिस्कार गरेपछि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाले अल्पमतमै आगामी आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले बैठक छाडेर गएपछि उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफलपछि नगरप्रमुख मीनाकुमारी लामाले नगर परिषदमा पेश गर्ने निर्णय गरेको जानकारी दिए ।
नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिमार्फत आउनुपर्ने प्रक्रियाअनुरुप नल्याइएकोले बिमति जनाउँदै बैठक बहिष्कार गरेको नेकपा एमालेबाट निर्वाचित १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिए ।
‘हेटौंडा उपमहानगरपालिकाको ५ वटा विषयगत समितिहरु गठन हुन सकेको छैन । मेयर र उपमेयरको संयोजकत्वमा रहने समितिले पनि पूर्णता पाउन सकेको छैन’, लामाले बताए । कार्यविधि र नियमावलीमा संशोधन प्रस्ताव नै दर्ता गर्न समेत नमान्ने, विधिअनुसार बजेट नआएकै कारण बैठक बहिष्कार गर्न बाध्य भएको कार्यपालिका सदस्य सुनिल मोक्तानले बताए ।
प्रवक्ता सविन न्यौपानेका अनुसार हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि साढे २ अर्ब रुपैयाँ भन्दा बढीको बजेट असार १० गते आउने छ । १० गतेको बजेट पास हुने उनले दाबी गरे ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















