९ असार, हेटौंडा । १२ औं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा एकल महिलाबारे सामुहिक गीत कार्यक्रम आज हेटौंडामा सम्पन्न भएको छ ।
दातृ निकाय पूर्वे उष्ट्रोको आर्थिक सहयोगमा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी उपाध्यक्ष शान्ता बिकको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश अध्यक्ष देवकी पौडेलको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा मेयर लामा, जिल्ला समन्वय समिति मकवानपुरकी नव निर्वाचित सदस्य विष्णुमायाँ थपलिया, सुनिता दर्नाल परियार, हेटौंडा ११ की वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य विकास नेपाल लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समुहकी बागमती प्रदेश उपाध्यक्ष रुकु अधिकारी, हेटौंडा १६ की वडा सचिव सरला बानियाँ, हेटौंडा १० की उद्यमी अविता श्रेष्ठ, शिक्षक ईन्दिरा लुईटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मानव अधिकारका लागि एकल महिला समुह मकवानपुरकी सल्लाहकार निलम बजगाईं देवकोटाले सहजिकरण गरेको कार्यक्रममा कल्पना सुवेदी, अप्सरा अर्याल, जुनकिरी पुडाशैनी लगायतले एकल महिलाको दुःख, पीडा र समस्याबारे सामुहिक गीत प्रस्तुत गरेका थिए ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















