११ असार, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाले बार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत पर्यटन र कृषिलाई जोड दिएको छ । थाहाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
शुक्रबार बसेको नगरसभा तथा ११ औं अधिवेशनमा उपमेयर भरत गोपालीले कुल बजेटमध्ये ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ चालुतर्फ, ५१ करोड ७२ लाख १३ हजार पुँजीगततर्फ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
थाहाले खर्च बेहोर्ने स्रोततर्फ आन्तरिक कर तथा राजश्वबाट १९ करोड ७१ लख ५ हजार, राजश्वबाट बाँडफाँटबाट १९ करोड ६८ लाख ८० हजार रुपैयाँ, संघीय सरकारबाट प्राप्त १९ करोड १६ लाख, प्रदेशबाट प्राप्त ५ करोड ५ लाख ८२ हजार रुपैयाँ र सशर्त अनुदानतर्फ प्राप्त हुने ३२ करोड १४ लाख र सामाजिक सुरक्षा भत्तावापत प्राप्त हुने १५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
कृषिमा आत्मनिर्भर बन्न लघुउद्यम कार्यक्रम सञ्चालन गर्न अनुदान दिइने, सबै वडामा कृषि र पशु प्राविधिकको पहुँच विस्तार, हाट बजार सञ्चालन गर्न अध्ययन गरिने तथा कोसेली घर यसै बर्षबाट सञ्चालनमा ल्याउने उल्लेख छ । थाहा नगरलाई दूध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन थप कार्यक्रम समेत सञ्चालन गरिनेछ ।
बजेटमा भीमफेदी–सिमभन्ज्याङ र सिमभन्ज्याङ–चन्द्रागिरी खण्डमा केवलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, पर्यटनमैत्री सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने, सबै क्षेत्र समेटेर तथ्य र तथ्यांकसहितको गुरुयोजना निर्माण गर्दै दिगो विकासको अवधारणलाई आत्मसाथ गर्ने उल्लेख गरिएको छ ।
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...


















