Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनहरीको नीति तथा कार्यक्रमः शिक्षा तथा पुर्वाधारमा जोड

290062733_109841562110680-1656117192.jpg

११ असार, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीका लागि १२ कक्षासम्म निशुल्कः शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्ने भएको छ । 
शुक्रबार गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो बताएका हुन् । विद्यालयबाट विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्नको लागि विपन्न वालबालिका गरिवसंग विश्वेश्वर सहायता कोष स्थापना तथा सञ्चालन गर्ने बताए । गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष जोड दिएको छ । 
गाउँपालिकाले प्रक्षेपण गरेको आन्तरिक राजस्व विशेष गरी ढुंगागिटी, बालुवाको विक्री शुल्कबाट प्राप्त हुनुपर्ने लक्ष्य अनुसारको राजस्व रकम प्राप्त हुन नसक्दा समग्र गाउँपालिकाका विकास योजना र रोजगारीको क्षेत्र संकुचन भएकोले ठेक्का लगाउने व्यवस्थाका लागि पहल गर्ने, कृषि तथा पशुपन्छी सम्बन्धी प्राविधिक सेवा नागरिकका घरदैलोमा पहुँच पु¥याउन दरवन्दी अनुरुपका कर्मचारी पदपुर्ति गर्ने, सार्वजनिक बाँझो जमिनमा खेति गरी उत्पादन बढाउने नीति लिइने भएको छ । 
यस्तै डेरीमा दुग्ध बिक्री गर्ने किसानलाई गाउँपालिकाले प्रति लिटर थप २ रुपैयाँ उपलब्ध गराउने कार्यक्रमले निरन्तरता पाउने भएको छ । एक वडा, एक क्षेत्र, एक बालीको नीतिलाइ प्राथमिकता, गाउँपालिकाभित्र घरेलु तथा साना उद्योग स्थापनालाई प्रोत्साहित गरिने, बढ्दो नदीको सतहका कारण हुने जोखिम न्यूनीकरण तथा धेरै क्षेत्रमा प्रदुषण फैलन नदिनका लागि मनहरीको ८ र ९ का सुरक्षित राप्ती बगर क्षेत्रमा व्यवस्थित नदीजन्य पदार्थ प्रशोधन उद्योगहरु एकीकृत रुपमा सञ्चालन गरिने भएको छ । 
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तु र प्राकृतिक मनोरम दृष्य अवलोकनका लागि गोदामचौरलाई विशेष क्षेत्र घोषणा गरी आवश्यक पूर्वाधार निर्माण गरिने, गाउँपालिकाको गौरवका आयोजना रजैया लामीटार मकरी सडक अन्तर्गत पर्ने ५ वटा पक्की पुलहरुको निर्माणको लागि यथेष्ट बजेट ब्यवस्था गरिने, महत्वपूर्ण सडकलाई संघ तथा प्रदेश सरकारसंगको सह–लगानीमा कालोपत्रे तथा ढलान र भित्री सडकमा ग्राभेल गरिने भएको छ । 
प्रत्येक वडाको बजार क्षेत्र तथा मुल बाटोमा वैकल्पिक उर्जा सोलार बत्ती जडान गर्ने, रजैया र दर्दरा जोड्ने राप्तीखोलामा पक्की पुलको लागि प्रदेश सरकारसंग आवश्यक पहल गर्ने, बस्ती डुबानको जोखिम न्यूनीकरण गर्न राप्ती किनारमा तटबन्धन गर्ने उल्लेख छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार