Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौंडाको बजेट २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार

FB_IMG_1656251550937-1656252153.jpg

१२ असार,हेटौंडा। हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको छ ।
उपमहानगरको एघारौं नगरसभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष २०७९/०८०को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार  रूपैयाको बजेट प्रस्तुत गरेका हुन् ।बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ। सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन गरिएको हो। बजेट प्रस्तुतिका क्रममा उपमेयर राजेश बानियाँका अनुसार सीमान्तकृत तथा गरिव १५४१ घरपरिवारको स्वास्थ्य वीमाका लागि ५३ लाख रुपैयाँ विनियोजित गरिएको छ । 
त्यसैगरी वन तथा वातावरण तर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा सस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ । विविध कोष तर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको छ ।
उपमहानगरपालिकाले सिसिटिभी मर्मत तथा सुधारका लागि ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । वातावरण तथा बिपद् व्यावस्थापनका लागि १२ करोड ६ लाख रुपैयाँ बिनियोजन गरिएको छ।महिला, बालबालिका, सामाजिक बिकास क्षेत्रका लागि ८३ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी युवा तथा खेलकुदका क्षेत्रमा ३ करोड ७३ लाख रुपैयाँ छुट्याइएको छ। यता हेटौंडा -५ मा रहेको पिप्ले क्याम्पा रङ्गशालाको पुर्वाधार विकासका लागि २५ लाख र हेटौंडामै अर्को मिनि रङ्गशालाका निर्माणका लागि ८० लाख विनियोजन गरिएको छ। एमाले जनप्रतिनिधिले अवरोध गरेको १० गतेको निति तथा कार्यक्रममा आज सहमति भएसँगै उपमहानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार