Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनकल्याण सहकारीको सरोकारवालाहरुसँग अन्तरक्रिया

FB_IMG_1656255025375-1656256253.jpg

१२असार,हेटौडा । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ। संस्थाको आफ्नो भवनमा आयोजित कार्यक्रममा संस्थाले आव२०७९।०८०मा गर्ने विभिन्न कार्यक्रमहरुको बारेमा   सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा संस्थाले आगामी आर्थिक वर्षमा सहकारी शिक्षा शिविर,ज्येष्ठ नागरिक तिर्थाटन, स्थापना दिवस, सदस्यता वृद्धि, आयआर्जन, तालिम, गोष्ठी, भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख गरेको छ। 
त्यसैगरि निःशुल्क स्वास्थ्य शिविर, विभिन्न कार्यविधि निर्माण, लघुवित्त समूह परिचालन, ज्येष्ठ शेयर सदस्य, आर्दश बुहारी  र उत्कृष्ठ शेयर सदस्य सम्मान, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान, संस्थागत विकास लगायतका कार्यहरु गरिने संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष हिमाल पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा संस्थापक अध्यक्ष बासुदेव अधिकारी, पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, संस्थाका पूर्व व्यवस्थापक प्रल्हाद शर्मा आचार्य, सञ्चारकर्मी भीमसेन पौडेल, शेयर सदस्य प्रकाश ढुङगाना लगायतकाले संस्थाले प्रस्तुत गरेको प्रतिवेदन माथि विभिन्न सुझावहरु पेश गरेका थिए ।कार्यक्रममा सञ्चालक समितिका पदाधिकारी, पूर्व पदाधिकारी, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, विभिन्न उपसमिति, शेयर सदस्य, कर्मचारी लगायतको  सहभागिता रहेको थियो ।२ हजार ७ सय १० जना शेयर सदस्य रहेको संस्थाको शेयर पूँजी २ करोड ४९ लाख, निक्षेप १७ करोड ५२ लाख र कर्जा लगानी १९ करोड ८१ लाख रहेको संस्थाद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791765168.jpg

२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद अध्ययन गर्न समिति गठन
mofaga-1791681475.jpg

२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...

एमालेमा थपिए १३ केन्द्रीय सदस्य
uml2-768x427-1791681230.jpg

२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना
Screenshot_20261011_06503-1791680746.jpg

२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूत इन्जाबीच भेट
sibita-gautam_edit_206228-1791592336.jpg

२४ असोज, हेटौंडा ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...

आज सोह्र श्राद्ध समापन
sohra-shraddha-1791592105.jpg

२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...

सशस्त्रका एआईजी दाहाललाई सेवाबाट हटाइए
bangshiraj-dahal-1-1791591846.jpg

२४ असोज, हेटौंडा ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...

मध्यम वर्षाको सम्भावना
rain-weather-1791591520.jpg

२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...

कांग्रेस सभापतिमा गगन विजयी
Gagan-Thapa-1024x683_edit-1791590782.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् ।  १५औँ महाधिवेशनअन्तर्गत भएको...

थप समाचार