Email :- prastakhabar@gmail.com
राजनीति

कांग्रेस संसदीय दल र नेता बानियाँद्वारा मिर्गौला रोगी प्रजालाई सहयोग

IMG-20220628-WA0004-1656423182.jpg

१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी कांग्रेस नेता रामकृष्ण प्रजालाई एक लाख  रूपैयाँ सहयोग गरेका छन् ।
दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि संसदीय दल र दलका नेता बानियाँले आर्थिक सहयोग गरेका हुन् । उपचारमा सहजताका लागि संसदीय दलबाट ५० हजार र नेता बानियाँले गरेको ५० हजार गरि एक लाख रूपैयाँ सहयोग प्रजाको घरमा पुगेर हस्तान्तरण गरिएको छ । कांग्रेस बागमती प्रदेश सभापति एवं दलका नेता ईन्द्रबहादुर बानियाँले रकम हस्तान्तरण गरेका छन् । नेता बानियाँले प्रजाको स्वास्थ्य अवस्था र थप उपचारबारे जानकारी लिंदै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, प्रदेशसभा सदस्य पुकार महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल लगायतको उपस्थिति रहेको थियो ।

IMG-20220628-WA0001-1656423217.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा चौलागाईं नियुक्त
FB_IMG_1659885975569-1659886113.jpg

२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...

एसपी गौतमलाई सामुदायिक सेवा केन्द्र पशुपतिनगरको स्वागत
सेवा-केन्-1659881651.jpg

२२ साउन , हेटौंडा ।  सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...

जबराविरुद्धको महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो
Cholendra-1659870565.jpg

२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...

बागमती प्रदेशका लागि एन्टी हेमोफिलियक फ्याक्टर हस्तान्तरण
Health-1659867679.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...

क्विक ट्वान्टी होटलमा करेन्ट लागेर कामदारको मृत्यु
20200904_092214-1659864755.jpg

२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा  नम्बर ४ हुप्राचौर  स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...

मकवानपुरमा शुरु भयो उम्मेदवारको चर्चा
party-1659859999.jpg

२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
Died-1659858302.jpg

२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु...

निर्वाचनका लागि आजबाट दल दर्ता शुरु
Nirwachan-Aayog-1659856559.jpg

२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...

सुनचाँदीको मूल्य घट्यो
Gold-1659856159.jpg

२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...

थप समाचार