१७ असार, हेटौंडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन आगामी साउन ६ र ७ गते हेटौंडामा हुने भएको छ । हेटौंडाको रोयल पार्टी प्यालेसमा हुने महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
प्रेस युनियन केन्द्रीय समितिले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महाधिवेशनको तयारी तीव्र पारिएको जनाएको छ । बिहीबार नै रिगल हेटौंडा रिसोर्टमा महाधिवेशन तयारीको लागि सचिवालयसमेत उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सचिवालयको उद्घाटन गरेका हुन् ।
सचिवालय उद्घाटन गर्दै बानियाँले युनियनको महाधिवेशन सम्पन्न गर्न पार्टीले सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । मुलुकमा लोकतन्त्र र प्रजातन्त्रको रक्षा गर्न पत्रकारको अहम् भूमिका हुने भन्दै बानियाँले पत्रकारले सत्य र तथ्यमा आधारित भई सत्य सामाग्री प्रवाह गर्नुपर्नेमा जोड दिए ।
यसअघि भएको पत्रकार सम्मेलनमा बोल्दै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको महाधिवेशनको तयारी तीव्र पारिएको भन्दै साउन पहिलो साता युनियनका देशभरका करिब १ हजार पाँच सय प्रतिनिधि र अतिथिहरुको सहभागितामा महाधिवेशन भव्य रुपमा सम्पन्न गर्ने बताए ।
महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समितिहरु गठन भइसकेको पनि उनले बताए । विविध कारणले यसअघि युनियनको महाधिवेशन सर्दै आएकोमा यस पटक भने जस्तोसुकै कठिन परिस्थितिका बाबजुत पनि महाधिवेशन सम्पन्न गर्ने उनले प्रतिवद्धता जनाए । महाधिवेशनले युनियनको नयाँ कार्यसमितिसमेत निर्वाचित गर्ने छ ।
महाधिवेशन सम्पन्न गर्नको लागि युनियनले केन्द्रीय सदस्य एवम् बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समन्वय समिति गठन गरेको छ । जसको सहसंयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी रहेका छन् ।
आवास व्यवस्थापन समिति संयोजकको जिम्मा रुपेश दुलाललाई दिइएको छ भने भोजन व्यवस्थापनमा सुजन विडारीलाई संयोजक तोकिएको छ । पोष्टराज अधिकारी’कुमार’को संयोजकत्वमा सचिवालय व्यवस्थापन हुनेछ भने प्रचार प्रसारको जिम्मा केशव समर्पणलाई दिइएको छ ।
अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष ईश्वरी ओझा रहेका छन् । विधान मस्यौला संशोधन समितिको संयोजक वरिष्ठ उपाध्यक्ष दीपक आचार्य रहेका छन् भने प्रतिनिधि व्यवस्थापनको जिम्मा कार्यबहाक महासचिव भिष्मराज ओझालाई दिइएको छ ।
कोषाध्यक्ष सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ भने तेज रावलको अध्यक्षमा निर्वाचन समिति गठन गरिसकिएको छ ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















