१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो ।
आँचलले समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको १०,००१ न्गद राशीको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ साहित्यकार÷कवि तीर्थदेवी सिलवाललाई प्रदान गर्ने लागेको छ । यस्तै आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको १०,००१ नगद राशिको प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ झापाका साहित्यकार भुषिता बशिष्ठलाई प्रदान गर्ने भएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा प्रकाश लम्सालले स्थापना गरेको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मानबाट कृष्णराम परियार सम्मानित हुनुहुने भएको छ । पुरस्कारको राशि रहेको छ । यसैगरी साहित्यकार रुकु कार्कीले स्थापना गरेको नगद ११,१११ राशि रहेको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ हेटौंडाका कवि÷ निवन्धकार देवराज खरेललाई प्रदान गर्ने निर्णय भएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी पूर्व अध्यक्ष स्वर्गिय अप्सरा तिम्सिनाको नाममा मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ बाट चितवनका कवि सरिता तिवारीलाई प्रदान गरिने भएको छ । यसको पुरस्कार राशि नगद १५,००१ रहेको छ । यसैगरी चन्द्रकिरण श्रेष्ठ र धर्मपत्नी मेनुका शर्माले आफ्नो आमा÷सासुआमाको नाममा स्थापना गरेको १०,००१ राशिको सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८ पत्रकार एवं कवि छवि अनित्यलाई प्रदान गरिने भएको छ ।
साहित्यकार मुक्तिगोविन्द वैद्य तथा धर्मपत्नी तारा वैद्यद्वारा स्थापना गरिएको ५ हजार १ नगद राशिको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रिय अध्यक्ष प्रसन्ना चौलागाईँलाई प्रदान गरिने भएको छ । यस्तै मकवानपुरका हास्यव्यङ्ग्यकार स्व. डा. गणेशकुमार पौडेलद्वारा आफ्नो पिताको नाममा स्थापना भएको ५ हजार १ नगद राशिको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ साहित्यकार जनार्दन खनाललाई प्रदान गरिने भएको छ ।
शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको ३ हजार ५ सय नगद राशिको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ उदयमान नवप्रतिभा ऋत्विक के.बी. लाई प्रदान गरिने भएको छ । यसैगरी आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नै संस्थाको नाममा स्थापना गरेको ५ हजार १ रुपैँया नगद राशिको आँचल साहित्य ÷कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पु¥याउने भलिवल खेलाडी चुडा खड्कालाई प्रदान गरिने भएको छ ।
२२ साउन, हेटौंडा । भूमि आयोग मकवानपुरको विज्ञ सदस्यमा अर्जुनप्रसाद चौलागाईं नियुक्त भएका छन् । नेपाल सरकार...
२२ साउन , हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा पशुपतिनगरले...
२२ साउन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा...
२२ साउन, हेटौंडा । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बागमती प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि...
२२ साउन,हेटौडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौर स्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर...
२२ साउन, हेटौंडा । सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकेपछि मकवानपुरमा पनि...
२२ साउन, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु...
२२ साउन, काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ताको काम शुरु...
२२ साउन, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा पाँच सय र चाँदी प्रतितोला १५...
१४ साउन,हेटौडा । हेटौंडामा चोरी गर्दै गरेका अवस्थामा एक युवती सहित ४ जना पक्राउ परेका छन्। शनिबार बिहान ...
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा...
१५ साउन,हेटौंडा। हेटौडामा भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ। आइतबार बिहान करिब ८ बजेर १५ मिनेटको समयमा...
२१ साउन,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको "सफा हेटौंडा अभियान" अन्तर्गत आज शनिबार हेटौंडा वडा नम्बर-७...
१६ साउन,हेटौंडा। वडा प्रहरीले हेटौंडा-४ चिल्ड्रेनपार्कबाट २ युवती सहित ४ जनालाई लागुऔषध कोरेक्स सहित...
१६ साउन,हेटौंडा। आइतबार देखिको अविरल बर्षा कारण मकवानपुरका खोला तथा खहरेहरुमा पानीको सतह र बहाव बढेको छ। खोला...
१० साउन, काठमाडौं । नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल...
२१ साउन,हेटौंडा। हेटौंडा अस्पताल यति बेला अशान्त बनेको छ। हेटौंडा-९ का एकजना बालकको मृत्युको प्रकरणलाई लिएर...
१३ साउन,हेटौंडा । मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति...