१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश जना स्रष्टालाई सम्मान गर्ने भएको छ । साहित्यका विभिन्न विधा, पत्रकारिता, कला तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई आँचलले सम्मान गर्न लागेको हो ।
आँचलले समाजसेवी हरिवंश भेटवालले आफ्नो मातापिताको नाममा स्थापना गरेको १०,००१ न्गद राशीको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान–२०७८ साहित्यकार÷कवि तीर्थदेवी सिलवाललाई प्रदान गर्ने लागेको छ । यस्तै आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक अध्यक्ष मुना अर्यालले आफ्नो दिदी प्रतिभा धितालको नाममा स्थापना गरेको १०,००१ नगद राशिको प्रतिभा धिताल छन्द पुरस्कार–२०७८ झापाका साहित्यकार भुषिता बशिष्ठलाई प्रदान गर्ने भएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी संस्थापक उपाध्यक्ष स्वर्गिय अप्सरा तिम्सिना लम्साल तथा प्रकाश लम्सालले स्थापना गरेको ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मानबाट कृष्णराम परियार सम्मानित हुनुहुने भएको छ । पुरस्कारको राशि रहेको छ । यसैगरी साहित्यकार रुकु कार्कीले स्थापना गरेको नगद ११,१११ राशि रहेको टीकादत्त–मायादेवी–कुलकुमारी साहित्यिक पुरस्कार–२०७८ हेटौंडाका कवि÷ निवन्धकार देवराज खरेललाई प्रदान गर्ने निर्णय भएको छ ।
आँचल साहित्य कला पुञ्ज मकवानपुरकी पूर्व अध्यक्ष स्वर्गिय अप्सरा तिम्सिनाको नाममा मातापिता गजाधर तिम्सिना तथा जशोधा तिम्सनाले स्थापना गरेको अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान–२०७८ बाट चितवनका कवि सरिता तिवारीलाई प्रदान गरिने भएको छ । यसको पुरस्कार राशि नगद १५,००१ रहेको छ । यसैगरी चन्द्रकिरण श्रेष्ठ र धर्मपत्नी मेनुका शर्माले आफ्नो आमा÷सासुआमाको नाममा स्थापना गरेको १०,००१ राशिको सुन्तली माया श्रेष्ठ युवा प्रतिभा सम्मान २०७८ पत्रकार एवं कवि छवि अनित्यलाई प्रदान गरिने भएको छ ।
साहित्यकार मुक्तिगोविन्द वैद्य तथा धर्मपत्नी तारा वैद्यद्वारा स्थापना गरिएको ५ हजार १ नगद राशिको मुक्ति तारा नव प्रतिभा सम्मान २०७८ नवसर्जक साहित्य चौतारीकी केन्द्रिय अध्यक्ष प्रसन्ना चौलागाईँलाई प्रदान गरिने भएको छ । यस्तै मकवानपुरका हास्यव्यङ्ग्यकार स्व. डा. गणेशकुमार पौडेलद्वारा आफ्नो पिताको नाममा स्थापना भएको ५ हजार १ नगद राशिको खड्ग बनस्खण्डी प्रतिभा सम्मान– २०७८ साहित्यकार जनार्दन खनाललाई प्रदान गरिने भएको छ ।
शिक्षाविद् देवप्रसाद श्रेष्ठले आफ्नो आमाको नाममा स्थापना गरेको ३ हजार ५ सय नगद राशिको मङ्गलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मान– २०७८ उदयमान नवप्रतिभा ऋत्विक के.बी. लाई प्रदान गरिने भएको छ । यसैगरी आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नै संस्थाको नाममा स्थापना गरेको ५ हजार १ रुपैँया नगद राशिको आँचल साहित्य ÷कला सम्मान २०७८ खेलकुदतर्फ भलिबलको क्षेत्रमा विशेष योगदान पु¥याउने भलिवल खेलाडी चुडा खड्कालाई प्रदान गरिने भएको छ ।
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२४ असोज, हेटौंडा । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ। हाल लुम्बिनी,...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...


















