१९ असार, हेटौंडा । मकवानपुर जिल्ला स्तरिय १२ औ राष्ट्रपति रनिङ शिल्ड बुद्ध मावि बकैयाले जितेको छ । मकवानपुरका दश पालिका मध्ये ८ वटाको सहभागितामा भए जिल्ला स्तरिय प्रतियोगितामा बुद्ध माविले १० स्वर्ण, ३ रजत र ३ कास्य पदक प्राप्त गरि शिल्ड फेरी पनि जितेको हो ।
अघिल्लो बर्ष पनि पनि बुद्धले नै शिल्ड जितेको थियो । यस्तै जनकल्याण मावि थाहागरपालिकाले ५ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित दोस्रो भएको छ भने हेटौडाको जनपृय मावि ४ स्वर्ण, ३ रजत र २ कास्य सहित तेस्रो भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ सुृन्दरी देवी मावि थाहानगर प्रथम, अरनीको मावि हेटौडा द्धितीय र कालिका मावि कैलाश तृतीय भएका छन् । यस्तै छात्रा तर्फ जकल्याण मावि प्रथम, भानुमावि मकवानपुर गढी दोस्रो र कालिका मावि ई्न्द्रसरोवर तृतीय भएका छन् ।
कबड्डीमा छात्र तर्फ जनपृय हेटौडा प्रथम,जनकल्याण थाहा द्धितीय र चण्डीका मावि गढी तृतीय भएका छन् । यस्तै कबड्डीमा छात्रा तर्फ जनकल्यण प्रथम, चन्द्रोदय मावि हेटौडा द्धितीय र बंशगोपाल मकवानपुर गढी तृतीयभएका छन् ।
उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बुद्धका आयुस नेगी र करुणा पाख्रीन बालबोध मावि हेटौडा, भलिवलमा सुन्दरीदेवीका पुजन गुरुङ र जनकल्याणकी सविना रुम्वा तथा कबड्डीमा जनपृयका निश्चल थापा तथा जनकल्याणकी कंचन घले भएका छन् ।
विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की, नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र साही, विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।
दुई दिन सम्म सन्चालन भएको प्रतियोगिताका विजेता खेलाडीहरुले बागमती प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेल्ने छन् । प्रदेश प्रतियोगिता यही असार २५ गते देखि काठमाडौमा हुने जानकारी दिईएको छ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















