Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय 

congress-kendriyta-1658190715.jpg

३ साउन, हेटौंडा । नेपाली कांग्रेसले संघ तथा प्रदेशको आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरणका लागि गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गर्ने निर्णय गरेको हो । 
बैठकले गठबन्धनमा रहेका दलहरुका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्दै आम नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाका सहित आम निर्वाचनमा नेपाली कांग्रेस प्रस्तुत हुने निर्णय भएको छ ।
यस्तै बैठकले गएको स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएको छ । यसैबीच कांंग्रेसले तीन नयाँ भ्रातृ संघ एवं शुभेच्छुक संस्थाले मान्यता दिएको छ । केन्द्रीय समिति बैठकले लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघलाई मान्यता दिएको हो । 
यसअघि नै मान्यता प्राप्त गरेका शेर्पा संघ, कुमाल संघ, नेवाः खल भने जनजाति महासंघ अन्तर्गत रहने कांग्रेसले जनाएको छ ।  बैठकले निर्माण व्यवसायी संघ, यातायात व्यवसायी संघ, उद्योग वाणिज्य संघ, पर्यटन व्यवसायी संघ, संस्थागत तथा निजी विद्यालय संघ, आर्युवेद चिकित्सक संघ, साना होटल व्यवसायी संघ, भूतपूर्व प्रहरी संघ, भूतपूर्व कर्मचारी संघ, स्वास्थ्यकर्मी संघ, सामुदायिक विद्यालय कर्मचारी संघलाई शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार