४ साउन, हेटौंडा । यही साउन ६ र ७ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनको तयारी करिब अन्तिम चरणमा पुगेको छ ।
महाधिवेशनको लागि युनियनका केन्द्रीय पदाधिकारीसहितका नेताहरु हेटौंडा आइपुगेका छन् । स्थानीय आयोजक समिति मकवानपुरले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । मंगलबार बिहान पनि स्थानीय आयोजक समितिले हेटौंडामा छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलका क्रममा स्थानीय आयोजक नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमारले महाधिवेशनको तयारीका बिषयमा भइरहेको कामको जानकारी गराएका थिए । महधिवेशनमा सहभागी हुन देशभरबाट १७ सयको हाराहरीमा प्रतिनिधि सहित झन्डै २ हजार जना आउने जानकारी दिँदै अध्यक्ष अधिकारीले उनीहरुका लागी खाने र बस्ने व्यवस्थापन सहित अन्यत तयारीको काम चलिरहेको बताए ।महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने युनियनका केन्द्रीय सदस्य एवं स्थानीय आयोजक समितिका संयोजक राममणी दाहालले जानकारी दिए । उनले उद्घाटन कार्यक्रममा पार्टीका सभापति देउवासँगै उपसभापति द्वय पुर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकास शर्मा, सहमहामन्त्री महा लक्ष्मी उपाध्याय डिना लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तयारी का बिषयमा केन्द्रीय अध्यक्ष बद्री सिग्देल तथा पदाधिकारीले तथा कांग्रेस बागमती प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँले स्थानीय आयोजक प्रेस युनियन मकवानपुरसँग छलफल तथा परामर्श समेत गरेको थियो।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















