५ साउन, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एजेण्डा मिल्ने पार्टीलाई कांग्रेसले संगै लिएर जाने बताएका छन् । स्थानीय निर्वाचनमा कांग्रेस मकवानपुरबाट निर्वाचित जनप्रतिनिधिको सम्मानका लागि बुधबार हेटौंडामा आयोजना गरेको बधाई तथा अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले अधिनायकवाद, संविधान र लोकतन्त्र बिरोधी गतिविधि गर्नेका विरुद्ध गठबन्धन भएको स्मरण गर्दै अझैपनि अधिनायकवाद, संविधान र लोकतन्त्र विरोधीले टाउको उठाउँन सक्ने भन्दै त्यसको विरुछ गठबन्धन आवस्यक रहेको दावी गरे । उपसभापति खड्काले १२ बुँदे शान्ति सम्झौता पूरा नभएको उल्लेख गर्दै शान्ति सम्झौतालाई पूर्णता दिन पनि माओवादीलाई साथमा लिनुपर्ने बताए ।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई उनले जनताले सम्झने र जनताको मनमा लोभ जगाउने गरी काम गर्न निर्देशन दिए । पार्टीबाट जितेर गएका जनप्रतिनिधिले पार्टी संग समन्वय गर्न भुल्न नहुने उनको सुझाव थियो । स्वतन्त्र उम्मेदवारले जित्नु जनताले राजनीतिक दललाई सुध्रिनका लागि संकेत भएको उनको भनाई थियो ।
यस्तै कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले अबको निर्वाचनमा प्रत्यक्षमै कम्तिमा एकतिहाइ महिला उम्मेदवार हुनुपर्ने दावी गरिन् । कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले गठबन्धनको विरोध गर्नेहरु कांग्रेस हुनै नसक्ने धारणा राखे । गठबन्धनकै कारण मकवानपुरमा कांग्रेस पहिलो पार्टी बनेको उनको दावी थियो ।
कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेसबाट स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















