७ भदौ, हेटौँडा । नयाँ शक्ति पार्टी नेपाल मकवानपुरले भुकम्प पीडितका लागि पुर्ननिर्माण अनुदान यथाशिघ्र पारदर्शी ढंगबाट वितरण गर्न माग गरेको छ । नयाँ शक्तिले २०७२ बैशाख १२ र २९ गते गएको भुकम्पका कारण घरबारविहिन हुन पुगेका पीडितलाई अनुदान वितरणमा ढिलाई भएको भन्दै ध्यानाकर्षण गराएको हो ।
मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकलाई ज्ञापनपत्र बुझाउँदै जिल्ला संयोजक प्रल्हाद लामिछानेले भुकम्प गएको १६ महिना वितिसक्दा पनि पीडितले आवश्यक सहयोग नपाएको भन्दै आपत्ति जनाएका छन् । ज्ञापनपत्रमा एकातिर बास्तविक पीडितले राहत पाउन ढिलाई भईरहेको र अर्कोतर्फ बास्तविक पीडितको नाम छुट्नुले सरकारप्रति गुनासो र आक्रोश बढाएको जनाईएको छ । नयाँ शक्तिले छुटेका भुकम्प पीडितहरुको नाम समेत समावेश गराई पारदर्शी ढंगबाट अनुदान वितरणका लागि अनुरोध गरेको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ विकले मकवानपुरमा अनुदान वितरणको प्रक्रिया अघि बढेको भन्दै नीतिगत समस्यालाई समाधान गर्दै निरन्तर काम भईरहेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र पहिलो किस्ता रकम वितरण गर्न दिएको निर्देशन अनुसार नै काम अघि बढेको भन्दै स्थानीय तहमा देखिएका समस्या समाधानको काम पनि भईरहेको बताए । छुटेका भुकम्प पीडितका निवेदन सुनुवाईको पनि भईरहेको जानकारी दिंदै विवाद नरहेका पीडितलाई राहत वितरण गर्ने र विवाद रहेका विषयलाई पनि सम्बोधन गर्दै लैजानेतर्फ मकवानपुर प्रशासनले पहल गरिरहेको उनको भनाई थियो । जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन जिल्लाका नेता एवं कार्यकर्ताहरु पुगेका थिए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















