Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वास्थ्य मन्त्री लामाले संसदमार्फत सार्वजनिक महत्त्वको बिषयमा जानकारी

Screenshot_20220725-15130-1658741453.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशसभामा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिएका छन् ।

मन्त्री लामाले सोमबार संसदमा कोभिड-१९, मन्किपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेंगु, स्क्रबटाइफस लगायतका मौसमजन्य एवम् उदयीमान रोगहरुको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय सरकारसंगको समन्वयमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा रहेको अवगत गराएका हुन् ।

 

यस्तो छ मन्त्री लामाको मन्तव्यको पूर्ण पाट

माननीय सभामुख ज्यू, तथा माननीय प्रदेश सभा सदस्य ज्यूहरु,

सन् २०१९ डिसेम्बर ३१ देखि मित्र राष्ट्र चिनबाट शुरु भइ विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड-१९ को २३ जनवरी २०२० मा नेपालमा पहिलो बिरामी पुष्टि भएकोमा हालसम्म पनि यसको जोखिम कायमै छ ।  समग्र मानव जातिको चुनौतिको रुपमा बारम्बार स्वरूप परिवर्तन गर्दै बिभिन्न लहरहरुमा फैलिदै आएको कोभिड-१९ को संक्रमण पछिल्लो समय पुन: बढ्दो क्रममा देखिन्छ । यही २०७९ श्रावण ८ गते सम्मको तथ्यांकअनुसार देश भरिमा कुल ७०,६३,४८१ परिक्षणमा ११,२५,११४(१५.९३%) संक्रमित देखिएकोमा बागमती प्रदेश भित्र ४१,४६,१४९ परिक्षण गर्दा ५,७५,६९४ (१३.८९%) संक्रमित भएको पाइन्छ । पछिल्लो समय कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको नया उप-प्रजातिहरू विश्वव्यापी रुपमा फैलिदै गए संगै नेपालमा पनि यसको संक्रमण दर बढिरहेको छ । बागमती प्रदेशमा दोश्रो लहर पश्चात दैनिक नयाँ संक्रमितको संख्या घट्दै २० जनाको हाराहारीमा पुगेको अवस्थाबाट हाल पुन: संक्रमण बढ्दै श्रावण ८ गतेको दिनमा आइपुग्दा दैनिक २३४ जना नयाँ संक्रमित पुष्टि भएको छ । कोभिडको कारणले मानवीय क्षतिका साथै आर्थिक, सामाजिक लगाएतका क्षेत्रमा विश्वव्यापीरुपमा अनगिन्ती क्षति पुर्याइरहेको कुरा सर्वविदितै छ ।

यसको रोकथामको लागि संघीय सरकार संगको समन्वयमा बागमती प्रदेश सरकारले कोभिड बिरुद्धको खोप अभियानलाई तिब्र रुपमा अगाडी बढाई रहेको छ । वर्तमान संघीय सरकार गठन हुँदाका बखत सम्माननीय प्रधानमन्त्रीज्यूबाट २०७८ साल भित्रमा सम्पूर्ण लक्षित जनतालाई कोभिड-१९ बिरुद्धको २ मात्रा खोप उपलब्ध गराउने घोषणा गरे अनुरुप बागमती प्रदेश भित्र सतप्रतिशत लक्षित जनसमुदायलाई कोभिड-१९ बिरुद्दको खोप पुर्याउन सफल भएकोमा सम्पूर्ण खटिने स्वास्थ्य कर्मीहरु र सहयोग पुर्याउनु हुने जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी र आम-नागरिकलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रणको लागि खोपको साथसाथै आम नागरिकहरुमा सचेतना फैलाउन अति आवश्यक छ । सम्पूर्ण स्वास्थ्यकर्मी, संचारकर्मी, महिला स्वास्थ्य स्वमसेविका, सुरक्षाकर्मी, जनप्रतिनिधिहरु र अभियन्ताहरुको तर्फबाट आम नागरिकहरुमा दैनिक क्रियाकलापहरु गर्दा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डहरु जस्तै: अनावश्यक भिडभाडमा नजाने, सार्वजनिक स्थलमा मास्कको अनिवार्य प्रयोग गर्ने, दूरी कायम गर्ने, बारम्बार हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, आदि अनिवार्य रुपमा पालना गर्न साथै छुट भएका नागरिकहरुलाई खोजि-खोजि कोभिड-१९ को बुस्टर डोज सम्मका सबै मात्रा समयमै उपलब्ध गराउने कार्यमा सबैको सहयोगको लागि अनुरोध गर्न चाहन्छु  ।

गत बिहिवार (जुलाई ५, २०२२) मा मात्र विश्व स्वास्थ्य संगठनले मन्कीपक्स रोगलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म नेपालमा यो रोगको पुष्टि भईनसकेको भएतापनि विश्वव्यापी रुपमा फैलदै गरेको यो महामारी नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले यो सम्भावित महामारीको रोकथामको लागि पनि पूर्व तयारी अवस्थामा रहन अति आवश्यक छ । कोहि पनि व्यक्तिलाई यो रोग संग मिल्दो जुल्दो लक्षण देखिएमा वा शंका लागेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा सो कार्यको लागि सहयोग गर्न समेत सम्पूर्णमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

वर्तमान समयमा गर्मी तथा वर्षा याममा देखा पर्ने संक्रामक रोगहरुको पनि त्यतिकै जोखिम रहेको छ । हालसालै काठमाडौँ उपत्यका तथा अन्य केहि शहरहरुमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणको क्रममा हैजा समेत देखिएको थियो । पछिल्लो जानकारी अनुसार २३ जुलाई २०२२ सम्मको तथ्यांक हेर्दा कुल ३४ जनामा हैजा पुष्टि भएको देखिन्छ जसमध्ये ५ बर्ष सम्मका बालबालिकाहरु ३ जना छन् भने हालसम्म कसैको पनि मृत्यु भएको छैन ।

बिगत केहि बर्षदेखी नेपालमा (बागमती प्रदेश भित्र समेत) केहि नयाँ उत्पन्न हुने रोगहरू जस्तै डेंगु, स्क्रब-टाइफस आदि फैलदै आएकोले यो बर्ष पनि यी रोगहरु फैलने सम्भावना देखिन्छ । यस्ता संक्रामक सरुवा रोगहरुको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउन सकिएन भने कुनै पनि बेला महामारीको रुप नलेला भन्न सकिन्न । 

तसर्थ कोभिड-१९ र मन्किपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेंगु, स्क्रबटाइफस आदि जस्ता मौसमजन्य एवम् उदयीमान रोगहरुको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि संघीय सरकार तथा स्थानीय सरकारसंगको समन्वयमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पूर्ण रुपमा तयारी अवस्थामा रहेको छ ।  यस्ता स्वास्थ्य समस्या रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि समुदायमा जनचेतना अभियान, स्वास्थ्यकर्मीहरुको परिचालन तथा क्षमता विकास, स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधि तथा उपकरणको व्यवस्थापन आदि कार्यहरु संचालन गर्नको लागि स्थानीय तहहरु, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरु, सरोकारवाला निकायहरु, जनप्रतिनिधिहरु, सुरक्षा निकायहरु, संचारकर्मीहरु, अभियन्ताहरु लगायत सम्पूर्ण जनसमुदायको ऐक्यबद्धताको लागि हार्दिक अपिल गर्न चाहन्छु ।

- माननीय निमा लामा

मन्त्री

स्वास्थ्य मन्त्रालय

मिति: २०७९ श्रावण ९ गते सोमबार 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार