Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गत पालिका चुनावमा ५ अर्ब ४ करोड रुपैयाँ खर्चः आयोग

Election-1658881282.jpg

google

११ साउन, हेटौंडा । निर्वाचन आयोगले पालिका चुनाव २०७९ मा पाँच अर्ब रुपैयाँभन्दा धेरै रकम खर्च भएको जनाएको छ । आयोगले मंगलवार पत्रकार सम्मेलनमार्फत पाँच अर्ब चार करोड तीन लाख ९२ हजार आठ सय ६७ रुपैयाँ खर्च भएको जनाएको हो । 
चुनावको परिणाम र खर्च सार्वजनिक गर्दै गएको वैशाख ३० मा भएको चुनाव खर्चका हिसाबले अरू चुनावभन्दा मितव्ययी भएको आयोगले दाबी गरेको छ । 
चुनावका लागि आयोगलाई सरकारले आठ अर्ब ११ करोड रुपैयाँ निकासा गरेको थियो । त्यसमध्ये आयोगले खर्च गरेर बाँकी रहेको तीन अर्ब ६ लाख ८६ करोड रुपैयाँ फिर्ता गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
प्रवक्ता पौडेलका अनुसार सचिवालयमा एक अर्ब दुई करोड ६३ लाख १२ हजार एक सय २९, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा तीन अर्ब ५४ करोड, जिल्ला निर्वाचन कार्यालयहरूमा ४१ करोड ३३ लाख र मतपेटिका ढुवानीमा चार करोड ५० लाख रुपैयाँ खर्च भएको छ । 
प्रवक्ता पौडेलले पालिका चुनावमा प्रति मतदान केन्द्र दुई लाख २९ हजार पाँच सय ७८ रुपैयाँ र प्रति मतदाता दुई सय ८४ रुपैयाँ खर्च भएको बताए । आयोगले गरेको खर्चमध्ये २० प्रतिशतमात्रै आयोगको सचिवालय अर्थात् केन्द्रीय कार्यालयबाट भएको र बाँकी सबै खर्च संघीय मोडेलमा तल्ला तहबाट खर्च भएको आयोगले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार