१८ साउन,हेटौंडा। काठमाडौंको थानकोट चन्द्रागिरी हुदै मकवानपुरको चित्लाङ पुग्ने सडक स्तरोन्नति गर्न संघीय मन्त्रीहरु सकारात्मक भएका छन् ।
मंगलबार थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाका प्रतिनिधिहरु संगको छलफलका क्रममा भौतिक पुर्बाधार बिकास मन्त्री मोहम्मद इस्तियाक राई र अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक भएका हुन् । भौतिक पुर्बाधार बिकास मन्त्रालयका सचिब गोपाल प्रसाद सिग्देल र सडक बिभागका महानिर्देशक अर्जुन जंग थापा सहितको छलफलमा सडक बिभागले उक्त सडकको डिपिआर तयार गरेपछि सडक निर्माण र स्तरोन्नति गर्न लाग्ने बजेट सुनिश्चित गर्न दुबै मन्त्रीहरु सकारात्मक भएका हुन् ।
थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टले संघीय राजधानी र प्रदेश राजधानीलाई जोड्ने सबैभन्दा छोटो मार्ग भएकोले थानकोट चन्द्रागिरि चित्लाङ सडक स्तरोन्नति गर्न अत्यावश्यक रहेको बताए। उहाँले त्रिभुवन राजपथ अन्तरगत नौबिसे थानकोट सडकको चाप कम गर्न पनि यो सडकले सहयोग गर्ने उल्लेख गरे।
थाहा नगरपालिका र चन्द्रागिरी नगरपालिकाको संयुक्त बैठकले यसै आर्थिक बर्षमा थानकोट चन्द्रागिरी चित्लाङ सडक स्तरोन्नति गर्न सबै प्रकारको प्रयस र सहयोग गर्ने निर्णय गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले बताए।भौतिक पुर्बाधार बिकास मन्त्री राईले ५० करोड भन्दा कम लागतको डिपिआर तयार भए मन्त्रालयबाट नै बजेटको ब्यवस्था गर्ने ५० करोड भन्दा बढि लागत लाग्ने भए अन्य मन्त्रालयमा सिफारिश गर्ने बताए ।
अर्थमन्त्री शर्माले भौतिक पुर्बाधार बिकास मन्त्रालयबाट आएको योजनामा बजेट बिनियोजन गर्न आफु सकारात्मक भएको बताए । अर्थमन्त्रीले बजेट भाषणमै चन्द्रागिरिबाट चितवन जोड्ने द्रुत मार्गको निर्माण गर्ने उल्लेख गरेका छन् ।मन्त्रीहरुसंगको छलफलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्ट, चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरि, माओबादी नेता रामनारायण बिडारी, बिष्णुहरी ढकाल (जंगली), नेपाली कांग्रेसका नेता जयराम लामिछाने, माओवादी केन्द्र बागमति प्रदेश सदस्य इन्द्रबहादुर श्रेष्ठ, थाहा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार बलामी,३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी लगायतको सहभागिता रहेको थियो ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















