होटल अगाडी भेटिएको सरकारी दुई पाङ्ग्रे
२० साउन, हेटौंडा । सामान्य अर्थमा सरकारी नम्बर प्लेट अङ्कित सवारी कार्यालय समयमा र कार्यालयको काम कामजको रुपमा प्रयोग गर्न सरकारी कर्मचारीलाई प्रदान गरिएको हुन्छ । उक्त सवारी कार्यालय समय भन्दा बाहेक वा सार्वजनिक बिदाको दिन प्रयोग गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्छ ।
ति सवारी तोकिएको प्रयोजनमा नभएर व्यक्तिगत प्रयोग, घुम्नु र ताल परै मनोरञ्जन गर्न प्रयोग हुदै आएको देखिएको छ। त्यस्तै बिहीबार साँझ दुईवटा सरकारी नम्बर प्लेटका सवारी जसमा एउटा मोटरसाइकल र अर्को स्कुटर दुरुपयोग भएको भेटिएको छ । ति सवारी राष्ट्रका सेवक कर्मचारीबाट मादक पदार्थ सेवन गर्नका लागि प्रयोग गरेको पाइएको छ ।
शुक्रबार बाहेको कार्यालय समय बिहान १० बजेबाट ५ बजेसम्म हो। बिहीबार राती कार्यालय समय सकिएको ३ घण्टापछी करिब ८ बजेको समयमा हेटौंडा-४ स्थित लाङ्घाली होटलमा उक्त सवारी रोकेर सरकारी कर्मचारी मज्जाले मादक पदार्थ सेवन गरिरहेको अवस्थामा स्थानीय युवाहरूको एक समूहले फेला पारेपछि यो घटना सार्वजनिक भएको हो ।
बागमती प्रदेश-३ -००१ ब १८८ नम्बरको निलो रङ्को पल्सर मोटरसाइकल र बागमती प्रदेश-०३- ००१ ब २३१ नम्बरको रातो कालो रङ्को स्कुटर उक्त होटल आगाडी नियन्त्रणमा लिएर प्रहरीलाई जम्मा लगाइएको स्थानीय युवा दिपक सञ्जेलले बताए ।
सञ्जेलले हामीले उक्त सवारी धेरै समय होटल अगाडी रोकिएको देखेपछि बुझ्दा,भित्र होटलमा रक्सी खाइरहेको पायौ, हल्ला खल्ला भएपछि उक्त सवारी चड्ने एकजना सरकारी कर्मचारी मोटरसाइकल छोडेर भागेको र अर्का स्कुटर चालक मादक पदार्थ सेवन गररे भाग्न खोज्दा प्रहरीलाई जिम्मा लगाइएको बताएका छन ।
यस विषयमा मकवानपुरका प्रजिअ राजेन्द्र देव पाण्डेलाई बुझ्दा उक्त कार्य गर्नेलाई कारवाही हुने र अन्य सकारी कर्मचारीले कार्यालय समय र तोकिएको काम बाहेको समयमा गलत प्रयोजनले सरकारी सवारी दुरुपयोग गर्ने कारवाही हुने बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै सरकारी निकायलाई केही दिन अघि निर्देशन दिदै तोकिएको भन्दा बाहेकका कर्मचारीलाई सरकारी साधन र इन्धन उपलब्ध नगराउन भनेका थिए ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















