Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने गठबन्धनको निर्णय

gathbandhan-1659701091.jpg

२० साउन, हेटौंडा । सत्तारुढ गठबन्धनका पाँच दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित चुनावी गठबन्धन गर्ने निर्णय गरेका छन् । 
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार तालमेल व्यवस्थित र न्यायपूर्ण गर्ने सहमति भएको छ । 
बैठकपछि जारी संयुक्त विज्ञप्तीमा बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । 
यसैगरी सिट बाँडफाँटको गृहकार्य गर्न ११ सदस्यीय कार्यदलसमेत बनेको छ । कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङ र वर्षमान पुन रहेका छन् भने नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय प्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
यु-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित
Screenshot_20231210_19415-1702216631.jpg

२४ मंसिर, काठमाडौं । दुबईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।  अफगानिस्तानले...

प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना
Pradesh-Pramukh-1702213137.jpg

२४ मङ्सिर, हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्वस्थ भई अस्पतालमा भर्ना भएका छन्...

साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने युवक पक्राउ
Screenshot_20231210_16471-1702206173.jpg

२४ मंसिर, काठमाडौं । साउथ अफ्रिका भनेर १७ लाख रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको...

नक्कली शैक्षिक प्रमाणपत्र पेश जागिर खाने बस्नेतविरुद्ध मुद्धा दायर
Screenshot_20231001_16305-1702206438.jpg

२४ मंसिर, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा राष्ट्रिय अनुसन्धान...

परराष्ट्रमन्त्री साउद र कतारी विदेश राज्यमन्त्री खुलाईफीबीच भेटवार्ता
Screenshot_20231210_16363-1702205507.jpg

२४ मंसिर, काठमाडौं । कतार भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री एनपी साउद र कतारी विदेश राज्यमन्त्री डा....

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
Narayankaji-Shrestha_stim-1702195268.jpg

२४ मंसिर, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । गएको मंगलबार...

सन्दीप लामिछानेविरुद्धको मुद्धाको पेशी स्थगित
sandeep-3-1702194902.jpg

२४ मंसिर, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धाको पेशी स्थगित भएको छ । मुद्धाको पेशी कानुन...

साढे ६ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ
Screenshot_20231210_13313-1702194513.jpg

२४ मंसिर, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय र प्रहरी टोलीले शनिवार राति साढे ६ किलो सुनसहित एक...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
gold-1-e1517980737571-1702191824.jpg

२४ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा एक हजार ३०० रुपैयाँ घटेको नेपाल...

थप समाचार