Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

ब्याडमिन्टनको उपाधि सिद्धार्थलाई

badminton-serv-1510336121-1510404140.jpg

२५ कार्तिक, हेटौँडा । स्वर्गीय साथी बोस स्मृति स्कूलस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनका निखील अर्यालले जितेका छन् । 
नवोदय शिशु सदनका रोहन चौधरीलाई २१–८, र २१–१२ को सोझो सेटमा पराजित गर्दै अर्यालले उपाधिमाथि कब्जा जमाए । उनले नगद ३ हजार, ब्याड ¥याकेट र एकथान अंग्रेजी शब्दकोष जितेका छन् । नवोदयका चौधरीले दोस्रो स्थान हात पार्दै नगद २ हजार र ब्याड ¥याकेट जित्न सफल भए । प्रतियोगितामा नवोदयकै सुदीप ठाकुर तेस्रो हुँदै नगद एक हजार र ब्याड ¥याकेट जित्न सफल भए । ठाकुरले बिशाल राउतलाई २१–११ र २१–१६ को सोझो सेटमा पराजित गरेका हुन् ।  
यस्तै छात्रा तर्फको उपाधि सिद्धार्थ शिशु सदनकी दिक्षा मण्डलले हात पारिन । सिदार्थकै स्वेता शाहालाई मण्डलले २१–९ र २१–३ को सोझो सेटमा पराजित गरेकी हुन् । शाहाले दोस्रो स्थान हात पार्न सफल भईन् । पहिलो हुने मण्डलले नगद एक हजार र दोस्रो हुने शाहाले नगद ५ सय सहीत शील्ड जितेकी हुन् । मकवानपुरमै पहिलोपटक जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडिलाई प्रमुख अतिथी तीन नम्बर प्रदेश कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमीरे, प्रहरी उपरिक्षकहरु विकासराज खनाल, तुलसी अधिकारी, शिक्षासेबी पुरण बहादुर जोशी, जिल्ला खेलकुद बिकास समिती मकवानपुरका अध्यक्ष माधब तिमल्सिना, जिल्ला ब्याडमेन्टन संघका बिके बोशले शिल्ड मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरेका थिए ।
नगद पुरस्कार ब्याडमिन्टन ¥याकेट र मेडल बिद्यार्थीलाई प्रदान गरिएको थियो, भने शिल्ड बिद्यालयलाई प्रदान गरिएको थियो । प्रतियोगिताको व्यवस्थापन र प्रचारप्रसारमा सहयोग पु¥याएको भन्दै सञ्चारकर्मी बालकृष्ण अधिकारीलाई सम्मान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार