१२ असोज,हेटौंडा। हेटौंडा-७ नागस्वतीमा जारी ७ नम्बर टोल स्तरीय खसी कपको उपाधि नव ज्योती (भिआइपी) टोलले हात पारेको छ।शनिबार सम्पन्न अग्राठे र भिआइपी टोल बिचको फाइनल खेलमा *भिआइपीले खसी कपको उपाधि हात पारेको हो।
अग्राठे र भिआइपी बीचको पहिलो हाफ र दोस्रो हाफ १।१ को बराबरीमा टुङ्गिएपछी खेल ट्राइबेकरमा धकेलिइएको थियो।ट्राइबेकारमा भिआइपी ले अग्राठेलाई ७ विरुद्ध ६ गोल अन्तरले पराजित गरेको हो।
वडा दशैको अवसरमा न्युरेनी फुटबल टिमको आयोजनमा २६ औ टोल स्तरीय खसी कपमा वडा भित्रका ८ वटा फुटबल टिमको सहभागि रहेको थियो। प्रतियोगिताको विजयी बनेसँगै भिआइपी टोलले ३५ किलोको खसी,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता वनेको अग्राठे टोलले ३० किलोको खसीमा चित्त बुझाएको छ।
न्युरेनी चिसापानी फुटबल क्लबका अध्यक्ष विजय गौतमको सभाध्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम रहेका थिए। समापन कार्यक्रमको विशेष अतिथी वडा नम्बर ७ का वडाध्यक्ष दामोदर गौतम रहेका थिए।
प्रतियोगिताको समापन कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, ७ नम्बर वडा सदस्यहरु सन्तुमाया पाख्रिन,श्यामसुन्दर परियार,राधिका विक,दिनेश थापामगर,नव ज्योती माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण थापा,रोहीणी हाउजिन प्रा लिका प्रोप्राइटर धुव्र घिमिरे,एन्फा मकवानपुर सदस्य राम केसी,युवा समाजसेवी धन थापामगर,विभिन्न टोल विकास संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
प्रतियोगितामा विजेता र उपविजेता बनेका टिमलाई वडाध्यक्ष गौतम तथा वडासदस्यहरुले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगिता अविधीभर खेलमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो।
* प्राविधिक समस्याले गर्दा फोटो र नाम फरक पर्न गएकोमा क्षमाप्रार्थी- सम्पादक
१२ असोज, हेटौडा । मकवानपुर प्रहरीले अदालतबाट अनुमति प्राप्त गरि २०८० भदौँ २७ गतेदेखि असोज १० गते बरामद गरेको लागु...
१३ असोज, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ७०० ग्राम सुनसहित एकजना पक्राउ परेका छन्...
१३ असोज, हेटौडा । एक साता लामो चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश...
१३ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल...
१३ असोज, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। साथै बंगालको खाडीको उत्तर...
१३ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार)...
१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई...
१३ असोज, हेटौंडा । आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आरम्भ भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध...
४ असोज,हेटौँडा । हेटौंडामा श्रीमानको कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँ...
१ असोज, हेटौंडा । पुर्व-पश्चिम लोकमार्ग अन्तर्गत पथलैया-निजगढ सडकखण्डको जितपुरसिमरा-१६ बाह्रकिलोमा पिकअप भ्यान...
११ असोज, हेटौंडा । हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण...
३१ भदौ,हेटौँडा । मकवानपुरको मनहरी र मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएको छ । आइतबार...
३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको...
१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ...
८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु...
१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने...
७ असोज, हेटौंडा । मकवानपुर प्रहरीले २ फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन पदमपुर घर भई हेटौडा-१६...