१५असोज,हेटौंडा। हेटौंडा-८ कमानेमा जारी प्रथम वडाध्यक्ष कप सेभेन ए साइड फुटबलको उपाधि विकास टोलले हात पारेको छ।शनिबार सम्पन्न मनकामना (क) र विकास टोल बिचको फाइनल खेलमा कपको उपाधि विकास टोलले हात पारेको हो।
पहिलो हाफ बराबरीमा रोकिएपछि दोस्रो हाफको अन्तिम समयमा विकास टोलले विपक्षी टिमको पोष्टमा जाली चुमाएको थियो। खेल विकास टोलले १ का विरुद्ध सुन्य गोल अन्तरले आफ्नो पक्षमा पारेको हो।
वडा दशैको अवसरमा हेटौंडा वडा नम्बर ८ को सहयोग र वडा नम्बर ८ खेलकुद समितिको सहकार्यमा आयोजित प्रतियोगितामा वडा भित्रका १६ वटा फुटबल टिमको सहभागि रहेको थियो।प्रतियोगिताको विजयी बनेसँगै बिकास टोलले नगद ३० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता बनेको मकनकामना (क) टोलले नगद २० हजार,मेडल,प्रमाणपत्र प्राप्त गरेको छ। ८ नम्बर खेलकुद समिति संयोजक उमेश थापा मगरको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हेटौंडा-८ का वडाध्यक्ष राम थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटौंडानगर कार्य पालिका सदस्य मञ्जु भुर्तेल, वडा सदस्यहरु गोरखनाथ राय,राजु मोक्तान,टोल विकास समन्वय समिति हेटौंडा-८ का अध्यक्ष विष्णु अर्याल, एथलेटिक संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधीको आतिथ्यता रहेको थियो।
प्रतियोगितामा विजेता र उपविजेता बनेका टिमलाई वडाध्यक्ष थापा तथा वडासदस्यहरुले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगिता अविधीभर खेलमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो भने वडा कार्यालय तथा खेलकुद समितिको आयोजनामा असोज १० गते सम्पन्न दौड प्रतियोगितामा प्रथम,दृतीय तथा तृतीय एव सहभागि भएकालाई पुरस्कार वितरण गरिएको थियो।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















