२९, असोज, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष उदय विडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष उदय प्रकाश दहालले ऋण समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमितिकी संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र ब्यवस्थापक भीमसेन पौडेले आव. ०७८÷०७९ को लेखा परीक्षण प्रतिवेदन र चालु आव. ०७९÷०८० को लागि २ करोड ८५ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए ।
साधारणसभामाको अवसरमा पत्रकार सहित १४ जनालाई सम्मान गरिएको छ । संस्थाको भवन निर्माणमा सहयोग गर्ने रुपेश दुलाल, सिधाखवर डटकमका सम्पादक श्रीराम दाहाल, संस्थापक शेयर सदस्य रविलाल गौतम र दामोदार तिमल्सिना बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने पदमलाल लम्साललाई सम्मानित गरिएको थियो ।
यसैगरि एकल महिला कमला कुमारी आचार्य, ज्येष्ठ शेयर सदस्य दिर्घमणी भट्टराई, खुत्रुके बचतमा बढी रकम जम्मा गर्ने आदेश गौतम र सम्पदा सिग्देल, निक्षेपमा बढी रकम जम्मा गर्ने केदार प्रसाद अधिकारी, ब्यवसायी गायत्री राई र एसइइमा उत्कृष्ठ अंक हासिल गर्ने प्रतिक ढुङगाना र रेखा गौतमलाई समेत सम्मानित गरिएको थियो ।
नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका सल्लाहकार गौरबकुमार पराजुली, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नारीचेतना सहकारीका कार्यवाहक अध्यक्ष राधिका गौतम, प्रगतिशिल महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती, चौघडा सहकारीका सचिव अर्जुनप्रसाद हुमागाई, संस्थाकी सदस्य मन्दिरा घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
हेटौडा–६ र १७ कार्यक्षेत्र रहेको सहकारीको २ करोड २८ लाख निक्षेप र ३१ लाख शेयर पूँजी रहेको सहकारीमा ६ सय ३० जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















