१३ कार्तिक, हेटौंडा । 'सी' डिभिजन लिग छनौट प्रतियोगितामा सहभागिता जनाएको मकवानपुरको विजय यूथ क्लवका खेलाडीहरुलाई विदाई गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच सफलताको शुभकामना सहित खेलाडीहरुको विदाई गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, २ नम्बर वडा सदस्य सुरज बर्तौला लगायतले फुटबल टोलीको विदाई गरेका हुन् ।
क्लवको प्रशिक्षकको जिम्मेवारीमा विजयलाल श्रेष्ठ र डेविन श्रेष्ठ रहेका छन् भने खेलाडीमा गोपी बर्तौला, पाल्देन तामाङ, अनिल थापा मगर, सुनिल घलान डने, सुरज बिष्ट, राजश्री प्रजापति, मनिष मोक्तान, सुजन खड्गी, सुजन गुरुङ, विश्व लामा, मनोज लामा, अभिषेक लामा, विजय दोङ, आयुर घलान, राजन गोले, रोजन थिङ, सुनिल लामा, गगन शिलवाल, नवल तामाङ लगायत रहेका छन् ।
उपमेयर राजेश बानियाँले व्यक्तिगत १० हजार रुपैयाँ सहयोग गर्दै उपमहानगरपालिकाबाट पनि सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । ‘सी डिभिजन खेल्ने गरी छनौट प्रतियोगिता जितेर आउनुहोला । खेलकुद सहित नगरको सर्वाङ्गीण विकासमा लगानी र सहयोग गर्न उपमहानगरपालिका तयार छ’, बानियाँले भने ।
छनौट प्रतियोगितामा सहभागिताका लागि विजय यूथले मकवानपुर र छिमेकी जिल्लाबाट समेत केही राम्रा खेलाडी छनौट गरी दैनिक प्रशिक्षण गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही बर्ष हुने सहीद स्मारक सी डिभिजन लिगका लागि छनौट प्रतियोगिता सञ्चालन गरिरहेको छ । विजय यूथले अघिल्लो २ बर्ष पनि छनौट प्रतियोगितामा सहभागिता जनाएको थियो ।
विजय यूथले पहिलो खेल १४ गते साउथर्न एफसीसंग खेल्नेछ, १६ गते सिन्धुपाल्चोक एफसीसंग र १८ गते मनमैजु क्लवसंग खेल्नेछ । यस बर्ष सी डिभिजन लिग खेल्ने उद्देश्यसहित छनौटमा सहभागी हुन लागेको क्लवका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















