Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यो बर्ष पनि विजय यूथको सी डिभिजन यात्रा अधुरै

313205791_653826429518516-1667434541.jpg

१७ कार्तिक, हेटौंडा । सी डिभिजन हुँदै माथिल्लो लिग खेल्ने उद्देश्यका साथ छनौट प्रतियोगितामा सहभागिता जनाएको मकवानपुरको विजय यूथ क्लव यो बर्ष पनि निराश बनेको छ । अघिल्ला दुई बर्ष पहिलो चरणबाटै बाहिरिएको विजय यूथले यो बर्षपनि सो क्रमलाई निरन्तरता दिएको छ । 
पहिलो चरणको दुई खेलमध्ये एकमा हार र एक बराबरी खेलेको विजय यूथको सी डिभिजन खेल्ने सपनामा यो बर्षलाई अधुरै हुने भएको छ । अब बाँकी एक खेल केवल औपचारिकताको लागि मात्र हुनेछ । बुधबार सिन्धुली एफसीसंगको खेलमा बराबरी गरेसंगै विजय यूथ निराश बनेको हो । सिन्धुलीसंग जितेको भए अन्य खेलको नतिजाले विजय यूथको यात्रा निर्भर गर्ने थियो । 
पहिलो हाफमै २ गोलको अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा निराश बनेको हो । छैठौं मिनेटमै विजय विश्व लामाको गोल मार्फत विजयले अग्रता लिएको थियो । ३६ औं मिनेटमा आयुर घलानले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाएको थियो । पहिलो हाफ २–० ले अगााडी रहेको विजय यूथले दोस्रो हाफमा २ गोल खाएको हो । 
दोस्रो हाफको पहिलो मिनेटमै सिन्धुलीका अमृत श्रेष्ठले आकर्षक गोल गर्दै अग्रता कम गरेका थिए । उनको लामो प्रहार सिधै गोलमा परिणत भएको थियो । ६९ औं मिनेटमा सिन्धुलीका अंकित श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपश्चात दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । 
पहिलो खेलमा विजय यूथ साउर्थन एफसीसंग १–० ले पराजित भएको थियो । साउथर्न एफसी लगातार दुई जितसहित समूहको विजेताको रुपमा रहेको छ । विजयले १८ गते शुक्रबार मनमैजु क्लवसंग अन्तिम खेल खेल्नेछ । विजय यूथको डिफेन्स लाइनमा कमजोरी देखिएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार