२८ कार्तिक, हेटौँडा । नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेलमा मंगलबार मलेसियामाथि शानदार ८ विकेटको जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । मंगलबारै भएको समूहको अर्को खेलमा बंगलादेशले भारतमाथि पनि ८ विकेटकै जित हासिल गरेसँगै बंगलादेश समूह विजेता तथा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले समूहको पहिलो खेलमा बंगलादेशसँग झिनो २ विकेटको हार व्यहोर्दा साविक विजेता भारतमाथि पहिलोपटक जित हासिल गरेको थियो ।
मंगलबार समूहको अन्तिम खेलमा मलेसियाविरुद्ध वर्षाले गर्दा २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सामान्य चु्नौती ५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । खेलमा अनिल साहले २६, कप्तान दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए ।
यसअघि, वर्षाले झन्डै ५ घन्टा ढिलो सुरु भएको खेलमा आयोजक मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर ३ बलमात्रै क्रिजमा टिकेर ४५ रन बनाएको थियो । पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको मलेसियाले थप १२ रन जोड्दा सबै विकेट गुमाएको हो ।
नेपालका लागी सन्दीप लामिछानेले ५ विकेट लिए भने कप्तान दीपेन्द्रले र शहाब आलमले २÷२ तथा अनिल साहले १ विकेट लिए ।
मंगलबारनै भएको भारत र बंगलादेशको खेलमा भारत बंगलादेशसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाटै बहिरिएको छ ।
अब नेपालले सेमिफाइनलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । अर्को समूहको समूह विजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगको हो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















