७ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत बुधबार भएको समूह एफको खेलमा साविक उपविजेता क्रोएसियाले मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएको छ ।
चार वर्षअघि रुसमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको क्रोएसियाले कतारमा भने पहिलो खेलमै अंक बाँड्नु परेको हो । अफ्रिकन राष्ट्रविरुद्ध विश्वकपमा यसअघि दुई खेल खेल्दा दुवैमा विजयी भएको क्रोएसियाले मोरोक्को विरुद्ध भने गोल गर्न सकेन ।
अल बायत स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलका लागि अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । खेलमा क्रोएसियाले ६४ प्रतिशत बल पोसेसन राखेको थियो । तर लुका मोडरिचको टोलीले गोल गर्न भने सकेन ।
कतार विश्वकपमा बराबरी भएको यो चौथो खेल हो भने गोल नभएको तेस्रो खेल हो । यसअघि डेनमार्क र ट्युनिसिया तथा पोल्याण्ड र मेक्सिकोबीचको खेलमा पनि गोल भएको थिएन । अमेरिका र वेल्सले १–१ को बराबरी खेलेका थिए ।
यसै समूह अन्तर्गत मध्यराति पौने १ बजे बेल्जियम र क्यानडाबीच खेल हुनेछ । आजै समूह ई मा रहेका जर्मनी र जापानबीच पौने ७ बजे तथा स्पेन र कोस्टारिकाबीच राति पौने १० बजे खेल सुरु हुनेछ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















