Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

दृष्टिविहिन नेपाली राष्ट्रिय क्रिकेट टोलीको हेटौंडाबाट विदाई

Nepali-Team-1669855962.jpg

१५ मंसिर, हेटौंडा । आगामी डिसेम्बर ६ देखि १७ सम्म भारतमा हुने दृष्टिविहिनहरुको टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बुधबार हेटौंडाबाट विदाई गरिएको छ । 
बागमती प्रदेशको राजधानी हेटौंडामा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार जिल्ला खेलकुद विकास समिति मकवानपुरले एक औपचारिक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो । 
नेपाली राष्ट्रिय क्रिकेट टोली मंसिर १ गतेदेखि दुईहप्तासम्म हेटौंडामा बन्द प्रशिक्षणमा रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीले जानकारी दिए । नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागी मकवानपुर क्रिकेट संघले मैदान उपलब्ध गराएको थियो । पाल्पाका खिमानन्द गैरेको नेतृत्वमा रहेको १५ सदस्यीय क्रिकेट टोलीलाई प्रशिक्षक नहेन्द्र निरौलाले प्रशिक्षण दिएका थिए । 
नेपाली क्रिकेट टोली डिसेम्बर ४ मा भारत प्रस्थान गर्ने र प्रतियोगिता भने डिसेम्बर ६ बाट हुने प्रशिक्षक निरौलाले जानकारी दिए । नेपाल र भारतसहित प्रतियोगितामा पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका सहभागी हुने प्रशिक्षक निरौलाले बताए ।
१५ सदस्यीय नेपाली टोलीमा कप्तान गैरेसहित कास्कीका सुनिल राना, प्रेम क्षेत्री युवराज भण्डारी र काभ्रेका सन्त पहरी (बी–२) बल देख्न सक्ने खेलाडीको रुपमा सहभागी छन् भने बर्दियाका नरेश चौधरी, रुपन्देहीका शंकर रेग्मी, नुवाकोटका सुरेन्द्र तामा, रुपन्देहीका खेमराज सापकोटा र चितवनका सागर चेपाङ (बी–३) कमजोर दृष्टि भएको खेलाडीको रुपमा सहभागी छन् । 
यस्तै टोलीमा ललितपुरका सागर लामा, जुम्लाका भरत चौलागाई, कन्चनपुरका हिम खत्री, बर्दियाका राधेश्याम चौधरी, पाल्पाका तमबहादुर फाल भने पूर्ण दृष्टिविहिन खेलाडी (बी–१) को रुपमा सहभागी हुने प्रशिक्षक निरौलाले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार