१५ मंसिर, हेटौंडा । आगामी डिसेम्बर ६ देखि १७ सम्म भारतमा हुने दृष्टिविहिनहरुको टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई बुधबार हेटौंडाबाट विदाई गरिएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार जिल्ला खेलकुद विकास समिति मकवानपुरले एक औपचारिक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।
नेपाली राष्ट्रिय क्रिकेट टोली मंसिर १ गतेदेखि दुईहप्तासम्म हेटौंडामा बन्द प्रशिक्षणमा रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गीले जानकारी दिए । नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागी मकवानपुर क्रिकेट संघले मैदान उपलब्ध गराएको थियो । पाल्पाका खिमानन्द गैरेको नेतृत्वमा रहेको १५ सदस्यीय क्रिकेट टोलीलाई प्रशिक्षक नहेन्द्र निरौलाले प्रशिक्षण दिएका थिए ।
नेपाली क्रिकेट टोली डिसेम्बर ४ मा भारत प्रस्थान गर्ने र प्रतियोगिता भने डिसेम्बर ६ बाट हुने प्रशिक्षक निरौलाले जानकारी दिए । नेपाल र भारतसहित प्रतियोगितामा पाकिस्तान, अष्ट्रेलिया, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका सहभागी हुने प्रशिक्षक निरौलाले बताए ।
१५ सदस्यीय नेपाली टोलीमा कप्तान गैरेसहित कास्कीका सुनिल राना, प्रेम क्षेत्री युवराज भण्डारी र काभ्रेका सन्त पहरी (बी–२) बल देख्न सक्ने खेलाडीको रुपमा सहभागी छन् भने बर्दियाका नरेश चौधरी, रुपन्देहीका शंकर रेग्मी, नुवाकोटका सुरेन्द्र तामा, रुपन्देहीका खेमराज सापकोटा र चितवनका सागर चेपाङ (बी–३) कमजोर दृष्टि भएको खेलाडीको रुपमा सहभागी छन् ।
यस्तै टोलीमा ललितपुरका सागर लामा, जुम्लाका भरत चौलागाई, कन्चनपुरका हिम खत्री, बर्दियाका राधेश्याम चौधरी, पाल्पाका तमबहादुर फाल भने पूर्ण दृष्टिविहिन खेलाडी (बी–१) को रुपमा सहभागी हुने प्रशिक्षक निरौलाले बताए ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















