४ पुस, काठमाडौं । विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि हात पारेको हो। यसअघि अर्जेन्टिनाले १९८६ मा विश्वकप उपाधि जितेको थियो।
निर्धारित समय २-२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा थप १-१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। निर्धारित र अतिरिक्त समयमा फ्रान्सले गरेका सबै तीन गोल स्टार स्ट्राइकर केलिएन एम्बाप्पेको नाममा रह्यो। उनले ह्याट्रिक सहित सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट समेत जिते।
पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेज नायक सावित भए। उनले फ्रान्सको एक प्रहार रोक्दा अर्को एक प्रहार फ्रान्सले पोलबाहिर हानेको थियो।
अर्जेन्टिनाका लागि मेसीले १०८ औ मिनेटमा गोल गर्दै खेलमा ३-२ को अग्रता बनाएको थियो। त्यसअघि अर्जेन्टिना विरुद्व फ्रान्सले अन्तिम २० मिनेटमा नाटकिय पुनरागमन गर्दै दुई गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।
निर्धारित समयमा केलिएन एम्बाप्पेले ९० सेकेन्ड भित्र दुई गोल फर्काउँदै फ्रान्सलाई खेलमा फर्काएका थिए। उनले पेनाल्टीमार्फत ८० औ मिनेटमा पहिलो गोल गर्दा ८१ औ मिनेटमा थुर्मानको क्रसलाई गोलमा परिणत गर्दै खेललाई २-२ गोलको अवस्थामा ल्याएका हुन्।
त्यसअघि पहिलो हाफमानै २-० को अग्रता बनाउने क्रममा अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल गरेका थिए।
८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...
८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...
८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ३०...
८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...
८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...
८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत बाँकी...
८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...
७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...
७ चैत्र, हेटौडा । हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...
२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला...
२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई...
१ चैत,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ। बकैया गाउँपालिका वडा...
२८ फागुन,हेटौंडा । किताब अध्ययनका पारखिहरुले अब अध्ययनको मज्जा लिन अन्त जान नपर्ने भएको छ। पारखिहरुले...
१ चैत, हेटौंडा । कान्तिलोकपथ स्थित हेटौंडा उप महानगरपालिका वडा नम्बर ५ र ७ को सिमाना नागदह नजिकै बुधबार विहान...
१ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ थानाभर्याङमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।...
७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...
७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...
२९ फागुन,हेटौंडा । हेटौंडामा चालु आर्थिक बर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको देखिएको छ।अघिल्लो...