Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

साधारणसभा नगर्ने सहरकारीलाई वचत संकलन र ऋण प्रवाहमा रोक

Opera-Snapshot_2022-12-29-1672274768.png

१४ पुस, हेटौंडा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशले वार्षिक साधारणसभा नगर्ने सहकारी संस्थालाई वचत संकलन र ऋण प्रवाहमा रोक लगाइने जनाएको छ ।
मन्त्रालयले सहकारी संघसंस्थाहरुलाई ३ बुँदे नयाँ निर्देशन जारी गर्दै यस्तो जनाएको हो । मन्त्रालयलद्वारा जारी निर्देशन अनुसार नियमित रुपमा वार्षिक साधारणसभा नगर्ने सहकारीलाई वचत संकलन र ऋण प्रवाहमा रोक लगाएको छ । त्यस्तै सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न पनि निर्देशन छ । 
केही सहकारी संस्थाहरुले आफू खुसी कार्यालय बन्द गरेको गुनासो आएपछि मन्त्रालयले सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न निर्देशन दिएको हो । 
यस्तै मुख्य कारोबार गर्ने सहकारी संघसंस्थाले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको पाइएको भन्दै प्रचलित सहकारी ऐन, नियममा भएको व्यवस्था बमोजिम आÇनो कारोबारको अनुपात मिलाउन निर्देशन दिएको छ ।
मन्त्रालयले सहकारी संस्थाहरुले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने र साधारणसभा सम्पन्न गरेको रिपोर्ट माघ १५ गतेसम्म सहकारी संस्थाले मन्त्रालयमा बुझाइसक्नुपर्ने जनाएको छ ।
माघ १५ गतेसम्म पनि सहकारी संस्थाले रिपोर्ट नबुझाएमा त्यस्ता सहकारी संस्थालाई वचत संकलन र ऋण प्रवाहमा रोक लगाउने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा करिव ३ हजार ३ सय २६ वटा सहकारी संस्था आवद्ध रहेका छन् जसमध्ये हालसम्म एकहजार २ सय वटा सहकारी संस्थाले साधारणसभा सम्पन्न गरी रिपोर्ट बुझाइसकेको पनि उल्लेख गरिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार