१४ पुस, हेटौंडा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशले वार्षिक साधारणसभा नगर्ने सहकारी संस्थालाई वचत संकलन र ऋण प्रवाहमा रोक लगाइने जनाएको छ ।
मन्त्रालयले सहकारी संघसंस्थाहरुलाई ३ बुँदे नयाँ निर्देशन जारी गर्दै यस्तो जनाएको हो । मन्त्रालयलद्वारा जारी निर्देशन अनुसार नियमित रुपमा वार्षिक साधारणसभा नगर्ने सहकारीलाई वचत संकलन र ऋण प्रवाहमा रोक लगाएको छ । त्यस्तै सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न पनि निर्देशन छ ।
केही सहकारी संस्थाहरुले आफू खुसी कार्यालय बन्द गरेको गुनासो आएपछि मन्त्रालयले सार्वजनिक बिदा बाहेक अन्य दिनमा कार्यालय बन्द नगर्न निर्देशन दिएको हो ।
यस्तै मुख्य कारोबार गर्ने सहकारी संघसंस्थाले बाहेक अन्य सहकारीले बचत तथा ऋणको मुख्य कारोबार गरेको पाइएको भन्दै प्रचलित सहकारी ऐन, नियममा भएको व्यवस्था बमोजिम आÇनो कारोबारको अनुपात मिलाउन निर्देशन दिएको छ ।
मन्त्रालयले सहकारी संस्थाहरुले पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने र साधारणसभा सम्पन्न गरेको रिपोर्ट माघ १५ गतेसम्म सहकारी संस्थाले मन्त्रालयमा बुझाइसक्नुपर्ने जनाएको छ ।
माघ १५ गतेसम्म पनि सहकारी संस्थाले रिपोर्ट नबुझाएमा त्यस्ता सहकारी संस्थालाई वचत संकलन र ऋण प्रवाहमा रोक लगाउने मन्त्रालयले स्पष्ट पारेको छ ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा करिव ३ हजार ३ सय २६ वटा सहकारी संस्था आवद्ध रहेका छन् जसमध्ये हालसम्म एकहजार २ सय वटा सहकारी संस्थाले साधारणसभा सम्पन्न गरी रिपोर्ट बुझाइसकेको पनि उल्लेख गरिएको छ ।
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...






-1786686763.jpg)











