Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

बागमती गोल्डकप  पौष २४ गतेदेखि माघ ३ सम्म हुने

322321673_136749337074858-1672493754.jpg

१६ पुस, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा यहि पौष २४ गतेदेखि ५औं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक समितीले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । 
माघ ३ गतेसम्म चल्ने गोल्डकपमा एक विदेशी टिम सहित १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए । बागमती ८ स्थित जनता माबिअको खेल मैदानमा हुने प्रतियोगितामा विदेशी टिम अमेरिकन क्लव भुटनिज युथ स्पोर्ट्स क्लबसहित ए डिभिजनका ७ र मोफसलका २ वटा टिमको सहभागिता रहने छ । 
प्रतियोगितामा विभागीय क्लबहरु नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी, मच्छिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज क्लब, जावलाखेल युथ क्लब र मकवानपुर–११ को सहभागिता रहने छ । प्रतियोगिताको उपाधि विजेता टोलीले ८ लाख नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ४ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष श्रेष्ठ बताए ।
यसैगरी प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले समेत जनही १०÷१० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई समेत नगद ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसअघि चौँथो संस्करणको उपाधि ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार