Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बैंकको चर्को व्याजदर विरुद्ध व्यवसायी आन्दोलित

323351629_213406772031577-1672586410.jpg

१७ पुस, हेटौंडा । बैंकहरुले चर्को व्याज लिइरहेको भन्दै मकवानपुरका व्यवसायीहरुले तत्काल बैंकको व्याज नियन्त्रण गर्नुपर्ने माग गर्दै आइतबार नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरुले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे मार्फत अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन् । 
देशकै अर्थतन्त्र असहज अवस्थामा रहेको बेला बैंकहरुले व्यावसायीहरुसँग चर्को व्याज असुली रहेको र ऋण तिर्न दवाव दिने गरेको भन्दै उनीहरुले आइतबार आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनुअघि पत्रकार सम्मेलनगरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । घोषित कार्यक्रम अनुसार सोमबार जिल्लामा रहेका विभिन्न पाँचवटा संघमा आवद्ध व्यवसायीहरुले व्यानर राखी विरोध गर्ने, १९ गते मंगलबार आम व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते मागहरु सम्बोधन नभएको खण्डमा सशक्त आन्दोलनको तयारी गर्ने बताएका छन् ।
आन्दोलनमा मकवानपुर उद्योग वाणिज्य संघसँगै उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एशोसिएसन मकवानपुर आवद्ध रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार