Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडामा जारी भेट्रान्स फुटबलमा एबीसी, एमएमसी र सिमरा सेमिफाइनलमा 

32-1672924602.jpg

२१ पुस, हेटौंडा । एबीसी भेट्रन्स पोखरा, एम.एम.सी काठामडौं र सिमरा भेट्रान्स बारा हेटौंडाको पिप्ले–क्याम्पा रंगशालामा जारी आठौं संस्करणको राष्ट्रिय भेट्रान्स कप एट ‘ए’ साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । 
बिहीबार भएको खेलमा हेटौंडा भेट्रान्स ‘ए’लाई हराउँदै एबीसी पोखरा सेमिफाइनल प्रवेश गरेको छ । एबीसी पोखराले हेटौंडालाई ५–१ गेल अन्तरले पराजित गरेको हो ।  पोखराको जितको लागी बिजय गुरुङले ह्याट्रिक गरे भने हरिबहादुर खड्काले थप २ गोल गरे । हेटौंडाका तर्फबाट प्रशान्त पाख्रिनले सान्त्वना एक गोल फर्काए । 
यस्तै एम.एम.सी काठामडौं एक्स भेट्रान्स पोखरालाई १–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ । उसको जितका लागी शिशिरबहादुर हमालले एकमात्र निर्णायक गोल गरे । यसैगरी विहीबारकै खेलबाट सिमरा भेट्रान्स बारा पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सिमराले सेमिफाइनल पुग्नेक्रममा आयोजक हेटौंडा भेट्रान्स ‘बी लाई १–० गोल अन्तरले हराएको हो । सिमराको जितको लागी बिनोद परियारले एक गोल गरे । 
प्रतियोगिताको अन्तिम सेमिफाइनल पुग्ने टोलीको टुंगो भने लाग्न बाँकी छ । सेमिफाइनल प्रवेशका लागी शुक्रबार बिहान जोरपाटी भेट्रान्स काठमाडौं र बानेश्वर भेट्रान्स काठमाडौंबीच खेल हुने आयोजक हेटौंडा भेट्रान्सका कविन सांगामीले जानकारी दिए । सोमिफाइनलका खेलहरुपनि भोली नै हुने सांगामीको भनाई छ । २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालको विभिन्न स्थानका १७ वटा टिमको सहभागिता रहेको छ । 
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार