Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आठौँ राष्ट्रिय भेट्रान्सको उपाधी एबीसी पोखराले जित्यो

IMG_20230108_090913-1673148271.jpg

२४ पुस, हेटौंडा । आठौँ राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि एबिसी भेट्रान्स पोखराले जितेको छ।
हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौंको बानेश्वर भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराले उपाधि जितेको हो।
पोखराको जितका लागि नरेन्दजंग गुरुङ, कन्या सुब्बा र राजकुमार घिसिङले एक एक गोल गरे। गत संस्करणको समेत उपाधि विजेता पोखराले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ।
यस्तै, उपविजेता बनेको बानेश्वर भेट्रान्स काठमाडौंले नगद ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका पोखराका राजकुमार घिसिङले नगद १५ पुरस्कार प्राप्त गरे भने पोखराका गोलरक्षक खिम गुरुङ, डिफेन्डर कन्या सुब्बा, मिडफिल्डर विजय गुरुङ, प्रशिक्षक खेमबहादुर गुरुङ तथा बानेश्वरका युवराज भुजेलले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
हेटौँडा भेट्रान्सको आयोजनामा पुस २३ गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १७ टोलीको सहभागिता थियो।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार