Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

आठौँ राष्ट्रिय भेट्रान्सको उपाधी एबीसी पोखराले जित्यो

IMG_20230108_090913-1673148271.jpg

२४ पुस, हेटौंडा । आठौँ राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि एबिसी भेट्रान्स पोखराले जितेको छ।
हेटौँडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा शनिबार भएको फाइनल खेलमा काठमाडौंको बानेश्वर भेट्रान्सलाई ३–० गोलअन्तरले पराजित गर्दै पोखराले उपाधि जितेको हो।
पोखराको जितका लागि नरेन्दजंग गुरुङ, कन्या सुब्बा र राजकुमार घिसिङले एक एक गोल गरे। गत संस्करणको समेत उपाधि विजेता पोखराले नगद १ लाख ११ हजार १११ रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ।
यस्तै, उपविजेता बनेको बानेश्वर भेट्रान्स काठमाडौंले नगद ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका पोखराका राजकुमार घिसिङले नगद १५ पुरस्कार प्राप्त गरे भने पोखराका गोलरक्षक खिम गुरुङ, डिफेन्डर कन्या सुब्बा, मिडफिल्डर विजय गुरुङ, प्रशिक्षक खेमबहादुर गुरुङ तथा बानेश्वरका युवराज भुजेलले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
हेटौँडा भेट्रान्सको आयोजनामा पुस २३ गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १७ टोलीको सहभागिता थियो।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार