Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राज्यमन्त्रीलाई गुहार्दै मकवानपुरे सिंहदरबारमा

Singha-Barbar-1511189695.jpg

४ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा निर्माणाधिन मकवानपुरको दोस्रो औद्योगिक क्षेत्रका कारण शुरु भएको समस्याको बारेमा आईतबार सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा १४ कालोपानी र मयुरधापको बिचमा  बन्दै गरेको नयाँ औद्योगिक क्षेत्रका कारण ०११ सालदेखि चल्दै आएको बाटो नै बन्द हुन लागेको भन्दै ज्ञापनपत्र बुझाईएको हो । कालोपानी बाटो सुधार उपभोक्ता समितिले उद्योग राज्यमन्त्री रेशम बहादुर लामालाई ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्र बुझ्दै राज्यमन्त्री लामाले जनताको मागका विषयमा सकारात्मक रहेको बताएको समिति सदस्य अञ्जन सापकोटाले बताए ।
टासीलिङ खानेपानी तथा सररफाई उपभोक्ता समितिले पनि आफुलाई बाटो आवश्यक पर्ने र बाटो बन्द भएमा खानेपानी आयोजनाको क्षेत्रमा समेत असर पर्ने बताउँदै बाटो संचालनको माग गरेको छ । औद्योगिक क्षेत्रमा बाटो पर्ने भएपछि त्यहाँ बसोबास गर्ने करिब  ४ सय घरधुरी प्रभावित भएका छन् ।
बाटो र खानेपानी आयोजनामै समस्या देखिएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारीले समेत १५ दिनको लागि उद्योगको काम रोकेर छलफल गरी समस्या समाधान गर्न सुझाव दिएको सापकोटाले बताए । ज्ञापन पत्र बुझाउन सापकोटासहित शिव प्रसाद न्यौपाने, सहदेव न्यौपाने, रितेश दुलाल लगायतका समितिका सदस्यहरु पुगेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार