Email :- prastakhabar@gmail.com
खेलकुद

शहीद स्मारक ए डिभिजिन लिगको खेल तालिका सार्वजनिक

खुमलटार र फ्रेन्ड्सबीच उद्घाटन खेल हुने

A-division_BWmphyP5mE-154-1674219361.jpg

६ माघ, हेटौंडा । यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल यसै सिजन बढुवाभएको खुमलटार युथ क्लव र ललितपुरको फ्रेन्ड्स क्लवबीच हुने भएको छ । 
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रवार सार्वजनिक भएको तालिका अनुसार पहिलो खेल खुमलटार युथ क्लव र फ्रेन्ड्सबीच हुने निश्चित भएको हो । निर्धारित मिति भन्दा केही महिना पछि धकेलिएको लिगका लागि शुक्रवार एन्फाले पाँचौ चरण सम्मको खेल तालिका सार्वजनिक गरेको छ ।
खेल डबल राउण्ड रोबिन प्रणालिमा सञ्चालन हुने एन्फाले जनाएको छ । २०७२  सालको राष्ट्रिय लिग पछि लिग डबल राउण्ड रोबिन लिग प्रणालिमा सञ्चालन हुन लागेको हो । १४ क्लवको सहभागिता रहेको लिगका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिग निर्देशक सञ्जीव मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिए ।
फागुन तेस्रो साताबाट आयोजना हुन लागेको नयाँ सिजनको लिगमा यस पटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लव र खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लवसँग फागुन २० गते खेल्नेछ भने साविक विजेता मछिन्द्र फुटबल क्लवले पहिलो खेलमा जावलाखेल युथ क्लवसँग फागुन २१ गते खेल्दै नयाँ सिजनको आरम्भ गर्नेछ । 
डबल राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यस्तै मस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । 
यस्तै फेयर प्ले अवार्ड विजेता टोलीले ३ लाख पाउने छन् । यस्तै प्रत्येक खेलको विजेता क्लवले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ र हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ  । 
 


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून
Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...

बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

थप समाचार