Email :- prastakhabar@gmail.com
खेलकुद

मकवानपुर गोल्डकप माघ २९ देखि फागुन ११ सम्म हुने

IMG20230123151418-1674486316.jpg

९ माघ, हेटौंडा । पाँचौँ संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप २०७९ प्रतियोगिता यही माघ २९ गतेबाट हुने भएको छ ।
प्रतियोगिताको बारेमा आज हेटौंडामा पत्रकार सम्मेलन गरि आयोजकले जानकारी दिएको हो । प्रतियोगिता माघ २९ देखि फागुन ११ गतेसम्म हुने आयोजक मकवनपुर फुटबल संघका जिल्ला अध्यक्ष टिक लामाले जानकारी दिए । 
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा ८ वटा ‘ए’ डिभिजन टिमसहित २ वटा विदेशी र २ वटा मोफसलका टिम गरि १२ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । 
प्रतियोगितामा आयोजक मकवानपुरसहित ए डिभिजन टिम मछिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, थ्री–स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, न्युरोड टिम एनआरटी, हिमालयन शेर्पा क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र एभिनियर एफसी क्यामरुनले सहभागिता जनाउँने भएका छन् । 
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई दिइने पुरस्कारको विषयमा टुंगो लाग्न बाँकी रहेको अध्यक्ष लामाले जानकारी दिए । 
यस्तै, विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून
Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...

बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

थप समाचार