Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

रेडियो मकवानपुर कप फुट्सलको उपाधि खेलकुद पत्रकार मञ्चलाई

futsal1675435756-1675478746.jpg

२१ माघ, हेटौंडा । हेटौंडामा सञ्चालन भएको रेडियो मकवानपुर कप मिडियास्तरीय फुट्सल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च मकवानपुरले जितेको छ । 
रेडियो मकवानपुरको १३ औं बार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फुट्सल भएको हो । 
७ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा टिम टेलिभिजनलाई ४–१ गोल अन्तरले खेलकुद पत्रकार मञ्चले उपाधि जितेको हो । सेमीफाइनलमा टिम टेलिभिजनले रेडियो सन्देशलाई र खेलकुद पत्रकार मञ्चले रेडियो थाहा सञ्चारलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । 
प्रतियोगिताको विजेता तथा उपविजेतालाई सप्ताहव्यापी कार्यक्रमको समापनको सन्दर्भमा आइतबार पुरस्कार वितरण गरिनेछ । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले प्रतियोगिताको उद्घाटन गरेकी हुन् । 
उनले सञ्चार क्षेत्रसहित हेटौंडाको सर्वाङ्गीण विकासमा लागिपरेको धारणा राखिन् । पत्रकारको क्षमता विकास लगायतका कार्यका लागि उपमहानगरपालिका सदैव तयार रहेको उनको भनाई थियो । 
रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद पत्रकार मञ्च मकवानपुर अध्यक्ष राजन दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट, हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल, चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष कपिल खड्का लगायतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार