Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

शनिबार ३० हजार भन्दा बढी दर्शकबाट हेटौंडा महोत्सवको अवलोकन

Screenshot_20230204_20114-1675521232.jpg

२१ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा शनिबार दर्शकको अत्याधिक घुइँचो भएको छ । अन्य दिन भन्दा शनिबार दर्शकहरुको अत्याधिक चाप बढेको हो । धेरै नै दर्शकको चाप बढेकाले आउन जान सहज होस् भनी आयोजकले करिब २ घण्टा टिकट विक्रीमा रोक लगाएको थियो ।
दर्शकहरुको जन गुनासो रहेपछि आयोजकले टिकट विक्री रोकेको थियो । दर्शकको घुइचो सामान्य भएपश्चात  टिकट विक्री सुरु गरिएको संघका कोषाध्यक्ष सन्तोषकुमार अर्यालले बताए ।  
शनिबार करिब ३० हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवको एघारौं दिन शनिबार करिब ७० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । 
शनिबार युवा पुस्तामा चर्चित रहेका गायक निशान भट्टराई, प्रताप दासले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकलाई नचाएका थिए । त्यस्तै, बाल गायक जेनिश उप्रेतीले पनि आफ्नो प्रस्तुती दिएका थिए । 
आइतबार गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्यको प्रस्तुती रहने  रहने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताए ।  
महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले  प्रतिस्पर्धा गरिरहेका छन् ।  हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । शनिबार आइडलबाट विजय लामा र आवाज सुनार बाहिरिएका छन् । 
महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार