Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बैंक विरुद्ध हेटौंडामा उद्योग वाणिज्य संघको प्रदर्शन

ddd-1678064664.jpg

२२ फागुन, हेटौंडा । बैंक तथा वित्तिय संस्थाको चर्को व्याज र अनावश्यक दवावका कारण प्रताडित हुनुपरेको भन्दै मकवानपुरका उद्योगी व्यवसायीहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आइतबार दिउँसो हेटौंडामा उद्योगी व्यवसायीले कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन् । 
चर्को व्याजदरको विरुद्ध सम्बन्धित बैंक तथा वित्तिय संस्थामा ज्ञापनपत्र समेत बुझाइएको छ । उद्योग वाणिज्य संघले विरोध प्रदर्शनमा कालो ब्यानरसहित उपस्थित हुन सार्वजनिक रुपमा आव्हान नै गरेको थियो । हेटौंडाको पल्पसा सभाहलबाट सुरु भएको विरोध प्रदर्शन ¥यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । 
बैंक तथा वित्तिय संस्थाको विरुद्धमा मकवानपुर उद्योग वाणिज्य संघले ७ दिने विभिन्न विरोध प्रदर्शन कार्यक्रम तय गरेको छ । विरोध प्रदर्शनको पहिलो दिन कालो व्यानरसहित विरोध प्रदर्शन सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम भएको छ भने २४ गते हेटौंडाको बुद्धचोकमा बागमती प्रदेश स्तरीय २८ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरुको सहभागितामा व्यानर सहितको शान्तिपूर्ण धर्ना दिने कार्यक्रम रहेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए । ।
यसैगरी २५ गते बैंकहरुमा १ घण्टा धर्ना, २६ गते बैंकहरुमा २ घण्टा धर्ना, २८ गते बैंकहरुमा डिपोजिट कार्य बन्द गराउने, २९ गते सम्पूर्ण बैंकिङ कारोवार बन्द गराउने र ३० गते शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने कार्यक्रम रहेको अध्यक्ष अग्रवालले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार