Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भोलीबाट हेटौंडा ९ मा मोहन श्रेष्ठ स्मृति भेट्रान्स फुटबल हुने

IMG_20230310_210750-1678461796.jpg

२६ फागुन, हेटौंडा । भोली शनिबारबाट हेटौंडा ९ मा मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स रनिङ कप नकाउट फुटबल प्रतियोगिता सुरु हुँदैछ । 
हेटौंडा ९ मा रहेको पशुपति युवा क्लवले पूर्व खेलाडी श्रेष्ठको स्मृतिमा भेट्रान्स फुटबलको आयोजना गर्न लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।प्रतियोगितामा हेटौंडा उपमहानगरको २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १६, १७ र १८ नम्बर वडा गरी १३ वटा टिमको सहभागिता रहेको छ । उद्घाटन खेल ७ र १८ नम्बर वडाको बीचमा हुनेछ । 
हेटौंडा ८ स्थित औद्योगिक क्षेत्रको खेल मैदानमा हुने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भित्रका वडाहरुले सहभागिता जनाउने आयोजकले नियम बनाएको छ । 
प्रतियोगिताको विजेताले एकलाख ५ हजार ५५५ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
पूर्व खेलाडीको योगदानलाई जीवन्त राख्दै खेलकुदको विकास एवम् भ्रातृत्वका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक पशुपति युवा क्लवका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । 
क्लवका पूर्व कोषाध्यक्ष समेत रहेका मोहन श्रेष्ठको नाममा नियमित प्रतियोगिता गराउनका लागि कोष स्थापनाको तयारी समेत रहेको जानकारी दिइएको छ । प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गर्नेछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

थप समाचार