Email :- prastakhabar@gmail.com
खेलकुद

कैलाशमा वडा स्तरीय अध्यक्षकप भलिबल ,वडा नम्बर ५ र १० को विजयी शुरुवात

FB_IMG_1678549629254-1678549900.jpg

 

२७ फागुन, हेटौंडा । कैलाश गाउँपालिकामा  प्रथम अन्तर-वडा स्तरीय अध्यक्ष कप नकआउट  रनिङ शिल्ड फुटबल प्रतियाेगिता सुरु भएकाे छ । आजबाट सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले रनिङ शिल्ड सार्वजनिक गर्दै प्रतियाेगिताकाे उद्घाटन गरेका छन्।स्थानीय खेलाडीकाे मनाेवल उच्च राख्न खेलकुद क्षेत्रलाई प्राथमिकता दिने उद्देश्यले खेलकुदको आयोजना गरिएको उद्घाटन कार्यक्रममा बताएका छन्।  

उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष बालकुमार मल्ल ठकुरिले खेलकुदले आफ्नाे स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै आफ्नाे गाउँठाउँ र देशलाई चिनाउन समेत याेगदान पुग्ने बताए । वडा नम्वर २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक राजेन्द्र घिसिङले प्रतियाेगिता मैत्रीपूर्ण र साैहार्दपुर्ण ढंगले पूरा गर्न खेलाडीहरुलाई अनुराेध गरेका छन्। 

कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलान,  वडा नम्बर १० का वडाध्यक्ष सुर्य बहादुर भ्लाेन, कालिका मावि नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेती, वडा नम्वर ९ का सचिव रामचन्द्र शिवाकोटीकाे उपस्थिति थियाे । प्रतियोगितामा वडा नम्बर ७ का वडाध्यक्ष उदास कुमार भ्लाेनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतियाेगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतिय हुनेलाई २० हजार र सान्त्वना १० हजार रुपैंया नगद पुरस्कारकाे व्यवस्था गरिएकाे छ । प्रतियाेगिताकाे विजयीले प्राप्त गर्ने रनिङ शिल्ड ६३ ताेला चाँदिबाट निर्माण गरिएकाे आयाेजकले जानकारी दिएकाे छ ।

          उद्घाटन खेलमा वडा नम्वर १० विजयी 

कैलाश गाउँपालिका स्तरीय अन्तर-वडा प्रथम अध्यक्ष कप नकआउट  रनिङ शिल्ड फुटबल प्रतियाेगिताकाे उद्घाटन खेलमा वडा नम्वर १० विजयी भएकाे छ । वडा नम्वर १० ले वडा नम्वर २ लाई ४-० गाेलअन्तरले पराजित गरेकाे छ । त्यसैगरि आज भएकाे दाेस्राे खेलमा वडा नम्वर ५ विजयि भएकाे छ । वडा नम्वर ५ ले वडा नम्वर  ७ लाई ३-० गाेलअन्तरले पराजित गरेकाे  कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाले जानकरी दिएका छन्। आइतबार ३ वटा खेल हुने उहाँले जानकारी दिनुभयाे । बिहान ८ बजे वडा नम्बर १ र वडा नम्बर ३, दिउँसाे १ बजे वडा नम्बर ८ र वडा नम्बर ९ तथा दिउँसाे ४ बजे वडा नम्वर ४ र शनिवारकाे बिजेता टिम वडा नम्वर ५ बिच प्रतिस्पर्धा हुँदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
राष्ट्रियसभाको बैठक बसेन, बुधबार बस्ने
1609234474-1686034709.jpg

२३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक बुधबार बस्ने भएको छ । आज विहान ११:११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार...

महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

थप समाचार