२९ फागुन, हेटौंडा । यहि ३० गते मंगलबारबाट सञ्चालन हुन लागेको अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष तथा कार्यक्रम संयोजक दिपेश जोशीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
प्रतियोगिता यहि फाल्गुन ३० गतेबाट सुरु भई चैत ४ गतेसम्म सञ्चालन हुने संयोजक जोशिले जानकार दिए । मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १७८ जना खेलाडीले सहभागिता जनाउने संयोजक जोशिको भनाई छ ।
प्रतियोगितामा १५० जना पुरुष र २८ जना महिला रहने छन् । प्रतियोगितामा १७ बर्षदेखि २१ बर्ष उमेरसम्मका खेलाडीले सहभागीता जनाउन पाउँने पनि संयोजक जोशिले बताए । उनले यसअघि कुनैपनि औपचारिक प्रतियोगितामा सहभागिता नजनाएका नयाँ खेलाडीहरुले मात्रै यस प्रतियोगितामा सहभागिता जनाउन पाउने बताए ।
प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्ने अध्यक्ष जोशीले बताए । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र वेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ । राम्रो खेल्दा–खेल्दै पनि हारेका एकजना वेष्ट लुजरलाई पुरस्कृत गरिने अध्यक्ष जोशीले बताए । प्रतियोगिता हरेक बर्ष आयोजना गरिने उनले बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले प्रत्येक दिन खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताए । मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धी भई मेडल प्राप्त गरेका २३ जना खेलाडीलाई सम्मान समेत गरिनेछ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















