२९ फागुन, हेटौंडा । यहि ३० गते मंगलबारबाट सञ्चालन हुन लागेको अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष तथा कार्यक्रम संयोजक दिपेश जोशीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
प्रतियोगिता यहि फाल्गुन ३० गतेबाट सुरु भई चैत ४ गतेसम्म सञ्चालन हुने संयोजक जोशिले जानकार दिए । मकवानपुर जिल्ला बक्सिङ संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा २३ जिल्लाका ३७ वटा क्लवका १७८ जना खेलाडीले सहभागिता जनाउने संयोजक जोशिको भनाई छ ।
प्रतियोगितामा १५० जना पुरुष र २८ जना महिला रहने छन् । प्रतियोगितामा १७ बर्षदेखि २१ बर्ष उमेरसम्मका खेलाडीले सहभागीता जनाउन पाउँने पनि संयोजक जोशिले बताए । उनले यसअघि कुनैपनि औपचारिक प्रतियोगितामा सहभागिता नजनाएका नयाँ खेलाडीहरुले मात्रै यस प्रतियोगितामा सहभागिता जनाउन पाउने बताए ।
प्रतियोगितामा सहभागी खेलाडीहरुले १६ विधामा प्रतिस्पर्धा गर्ने अध्यक्ष जोशीले बताए । पुरुषतर्फ ९ र महिलातर्फ ७ वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । विधागत प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष खेलाडी, उत्कृष्ट टिम, उत्कृष्ट रेफ्री र वेष्ट लुजरलाई नगद ३ हजार रुपैयाँ प्रदान गरिने छ । राम्रो खेल्दा–खेल्दै पनि हारेका एकजना वेष्ट लुजरलाई पुरस्कृत गरिने अध्यक्ष जोशीले बताए । प्रतियोगिता हरेक बर्ष आयोजना गरिने उनले बताए ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुशील घिमिरेले प्रत्येक दिन खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ उपलब्ध गराउने बताए । मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धी भई मेडल प्राप्त गरेका २३ जना खेलाडीलाई सम्मान समेत गरिनेछ ।
२३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक बुधबार बस्ने भएको छ । आज विहान ११:११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार...
२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...
२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...
२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...
२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...
२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...
२३ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...
२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...
२२ जेठ, हेटौँडा । जेठ २९ गते सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...