Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

अन्तर-वडा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधी कैलाश १० ले जित्यो

IMG_20230315_094635-1678852914.jpg

१ चैत, कैलाश । कैलाश गाउँपालिका स्तरीय अन्तर–वडा प्रथम अध्यक्ष कप नकआउट  रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी वडा नम्वर १० ले जितेको छ । 
मंगलबार दिउँसो कैलाश–९ स्थित नामटारमा भएको फाइनल खेलमा वडा नम्बर ५ लाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १० ले उपाधी जितेको हो । उपाधी विजेता वडा नम्बर १० ले ६३ तोला चाँदीको कपसहित ६० हजार रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको वडा नम्बर ५ ले भने ४० हजार रुपैंया नगद पुरस्कारमा चित्त बुझाएको छ ।
वडा नम्बर १० लाई उपाधी जिताउन सुमन स्याङ्तनले व्यक्तिगत दुई गोल गरे । उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए । वडा नम्बर ५ का लागि हिरा सिंतानले एक गोल गरेका थिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नम्बर १० का सुर्य थिङ घोषित भए । प्रतियोगितामा वडा नम्बर १० का भुपेन्द्र महर्जन उत्कृष्ट गोलरक्षक, वडा नम्बर ५ का अम्बरसिंह पाख्रिन उत्कृष्ट डिफेन्डर, वडा नम्बर १० का साजन जिम्बा उत्कृष्ट मिडफिल्डर, वडा नम्बर १० का अजय गुरुङ उत्कृष्ट फरवार्ड, वडा नम्बर ३ का सुविन थिङ उदयमान खेलाडी, वडा नम्बर १० का रेशम थिङ उत्कृष्ट प्रशिक्षक र वडा नम्बर ५ का निर्जल लामा उत्कृष्ट म्यानेजर घोषित भएका छन् । विधागत उत्कृष्टलाई ट्रफी प्रदान गरिएको प्रतियोगिताका सहसंयोजक रविन्द्र थिङले जानकारी दिए ।
कैलाश गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईबाको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन समारोह भएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान, उपप्रमुख बालकुमार मल्ल ठकुरी र पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट लगायतको आतिथ्यता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लोकतन्त्रवादी जनजाति महासंघ हेटौंडाको गरिब र विपन्नलाई विमा कार्यक्रम
IMG_20240614_204207-1718377341.jpg

३२ जेठ, हेटौंडा । हेटौंडामा गरिब तथा विपन्न परिवारको स्वास्थ्य बीमाका लागि  सहयोगात्मक अभियानको सुरुवात ...

बारामा रामराज क्याम्पस प्रमुख माथि गोली प्रहार, उपचारको क्रममा मृत्यु
IMG_20240614_202851-1718376263.jpg

३२ जेठ, कलैया। शुक्रबार अपरान्ह बारामा गोली लागेर घाइते भएका  क्याम्पस प्रमुखको उपचारको क्रममा ज्यान गएको छ...

असार ३ गते सार्वजनिक बिदा
905x525-moha-1718363006.jpg

३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...

मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने
IMG_1600-1718362154.JPG

३२ जेठ, हेटौंडा । मकवानपुरमा प्रदेश अस्पताल स्थापना गरिने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1718345209.jpg

३२ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य ४ सय रुपैंयाले...

बंगलादेशद्वारा नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित हासिल
Bangaldesj-1718296232-1718331036.jpg

३२ जेठ, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ...

पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु
sindhupalchok-pahiro-1718329406.jpg

३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1641373260_1615078427_san-1718328571.jpg

३२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा विनियोजन विधेयक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1718327960.jpg

३२ जेठ, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार