Email :- prastakhabar@gmail.com
खेलकुद

मोहन श्रेष्ठ स्मृति भेट्रान्सको उपाधि ७ नम्बर वडाले जित्यो

7-wada-1678928454.PNG

२ चैत, हेटौंडा । हेटौंडा ९ मा रहेको पशुपति युवा क्लबको आयोजनामा सम्पन्न मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको ७ नम्बर वडाले जितेको छ ।
क्लवका पूर्व कोषाध्यक्ष एवम् पूर्व खेलाडी श्रेष्ठको स्मृतिमा आयोजना गरिएको प्रथम भेट्रान्स फुटबलमा हेटौंडाको ४ नम्बर वडालाई टाइब्रेकरमा १–० गोल अन्तरले हराउँदै ७ नम्बरले उपाधि जितेको हो । 
विजेता ७ नम्बर वडाले एकलाख ५ हजार ५५५ रुपैयाँ सहित शिल्ड प्राप्त गरेको छ भने उपविजेता बनेको ४ नम्बरले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार पाएको छ । 
बुधबार भएको फाइनल खेलको निर्धारित समय गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ७ नम्बरका तर्फबाट एक मात्र गोल अमर गुरुङले गर्दा भरत तितुङको प्रहार बाहिरिएको थियो । यस्तै पराजित टोलीको तर्फबाट रणबीर थापा, ओम गुरुङ र मनोज लामाको प्रहार खेर गएको थियो । 
प्रतियोगिताका विजेता, उपविजेता तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा अध्यक्ष सुकराम केसी, आयोजक पशुपति युवा क्लवका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका हुन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार