Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

जीतपुरसिमरा गोल्डकपः साविक विजेता एनआरटी अन्तिम चारमा

IMG_6747-1679876016.jpg

१२ फागुन, सिमरा । साविक विजेता न्युरोड टिम एनआरटी १–० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमी फाइनलमा प्रवेश गरेको छ । 
आइतबार भएको खेलमा ‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडलाई १–०ले हराउँदै एनआटी अन्तिम चारमा पुग्न सफल भएको हो । एनआरटीको जीतको लागी एकमात्र गोल अशोक थापाले गरे । खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।
घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाएपनि  फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरीन पुग्यो । खेलको ४८ औं मिनटमा विवेक चौधरी वन भर्सेस वनको स्थितीमा चुक्न पुगे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरीयो ।
पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग¥यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेलेपनि बीरगञ्जले स्कोर बनाउन सकेन ।
खेलको ५४ औं मिनटमा बीरगञ्जले एनआरटी विरुद्ध बराबरी गोल गर्ने राम्रो अवसर गुमायो । वन भर्सेस वनको स्थितीमा बीरगञ्जका कृपा गोल गर्न चुके । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजन होनाले सहज बचाउ गरे । 
खेलको ७४ औं मिनटमा बीरगञ्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापामगरको क्रसबलमा सागर चौधरीको हेडर बल क्रसबारमा ठोक्किएर बाहिरीन पुग्यो । अन्तिम समयमा आक्रामक खेल खेलेको बीरगञ्जले ८४ औं मिनटमा अर्को अवसर गुमायो । निरज थापामगरको क्रसपासमा कृपा चौधरीको हेडर बल एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरे ।
दोश्रो हाफको इन्जुरी समयको अन्तिम मिनटमा बीरगञ्जले अर्को अवसर खेर फाल्यो । कृपा चौधरीले किपर समेत बिट गरिसकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीयो ।
प्रतिष्पर्धात्मक खेलमा एनआरटीले पनि केहि आकर्षक गुमाएको थियो जसकारण बीरगञ्जविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो । 
खेलको सातौं मिनटमा कृति रत्न चुन्जुको क्रसपासमा अशोक थापाको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीएको थियो । खेलको ६४ औं मिनटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार बीरगञ्जका डिफेण्डरले गोललाईनबाट क्लिएर गरेका थिए ।
एनआरटीलाई अन्तिम चारमा पु¥याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दशहजार नगद सहित ट्रफि प्राप्त गरे । 
प्रतियोगिता अन्तर्गत सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाविच तेश्रो क्वाटर फाइनल खेल हुनेछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

नेपाल प्रहरीका ८ डिएसपीको एसपी बढुवाको सिफारिस
Screenshot_20240214_07252-1711587950.jpg

१५ चैत, हेटौंडा। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक(डिएसपी) हरूलाई प्रहरी...

थप समाचार