फाइल तस्बिर
१३ चैत, हेटौंडा । भक्तपुरस्थित काठमाडौं वर्ल्ड स्कूलले हेटौंडामा आफ्नो प्रवर्धनात्मक कार्यक्रम गर्ने भएको छ । नेपालकै महंगो विद्यालयको रुपमा चर्चामा रहेको अर्बपति विनोद चौधरीको कम्पनि चौधरी ग्रुपको काठमाडौं वर्ल्ड स्कूलले चैत १७ गते हेटौंडाको एभोकाडो होटेलमा अभिभावक र सरोकारवालासँग प्रवर्धनात्मक प्रस्तुती राख्ने तयारी गरेको छ ।
आगामी शैक्षिक सत्रलाई लक्षित गरी देशव्यापी प्रवर्धनात्मक कार्यक्रम गर्ने क्रममा काठमाडौं वर्ल्ड स्कूलका अध्यक्ष डा. मिथिलेश कुमार झा र प्रिन्सीपल केशर बहादुर खुलालले हेटौंडा आएर विद्यालयको विषयमा जानकारी गराउनुका साथै अभिभावक र सरोकारवालासँग अन्तरक्रिया गर्ने छन् । स्कूलले पहिलो पटक हेटौंडामा प्रवर्धनात्मक कार्यक्रम गर्न लागेको हो । प्रदेशको राजधानी भएकोले पनि हेटौंडामा कार्यक्रम गर्न लागिएको स्कूल व्यवस्थापनले जनाएको छ ।
आजको प्रतिस्पर्धी विश्वमा दक्ष जनशक्ति तयार पार्न गुणस्तरीय शिक्षा अनिवार्य रहेकोले स्कूलले गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्दै लक्षित अभिभावकलाई बुझाउने उद्देश्यले कार्यक्रम राखेको स्पष्ट पारेको छ । संस्कारयुक्त र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको स्कूलको दावी छ । यसअघि फागुन महिनामा बिर्तामोड, विराटनगर, धरान, इटहरी, चितवन, पोखरा, बुटवलमा प्रवद्र्धनात्मक कार्यक्रम गरिसकेको स्कूलले चैत महिनामा हेटौंडासहित बीरगन्ज र जनकपुरमा पनि कार्यक्रम गर्दैछ ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















