१८ चैत, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शनिवार एक दिने क्षमता विकास तथा वित्तिय ब्यवस्थापन तालिमको आयोजना गरेको छ ।
संस्थाको चालु आर्थिक वर्ष २०७९/०८० को स्वीकृत वार्षिक कार्याक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।
तालिममा संस्थाको वित्तिय विवरण, सहकारीमा आई पर्ने विभिन्न समस्याहरु, संस्थाले भविष्यमा गर्नु पर्ने सहकारी सम्वन्धि विभिन्न गतिविधिहरुको बारेमा समूहगत रुपमा छलफल गरिएको थियो ।
सहकारीको वर्तमान अवस्था, सहकारी ऐन नियम, शेयर सदस्यहरुलाई दिनु पर्ने सेवा सुविधा, बचत संकलन, ऋण लगानी, विभिन्न कोषहरु, सहकारीको संस्थागत पूँजी, सामाजिक उत्तरदायित्व, सञ्चालक समिति, ऋण उपसमिति, लेखा समिति विभिन्न उपसमितिले गर्नु पर्ने कार्यहरु र कर्मचारी परिचालन लगायतका विषयहरुमा जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् ।
संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको तालिममा सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, विभिन्न उपसमिती, संस्थाका कर्मचारी, शेयर सदस्य समेत गरि ३२ जनाको सहभागिता रहेको थियो ।
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...


















